عَنِ الحُسَينِ بنِ عَلِيٍّ بنِ أَبِي طَالِبٍ رضي الله عنهما قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«الْبَخِيلُ مَنْ ذُكِرْتُ عِنْدَهُ فَلَمْ يُصَلِّ عَلَيَّ».

[صحيح] - [رواه الترمذي والنسائي في الكبرى وأحمد] - [السنن الكبرى للنسائي: 8046]
المزيــد ...

हुसैन बिन अली बिन अबू तालिब (रजियल्लाहु अन्हुमा) को वर्णन छ, उहाँ भन्नु हुन्छ : अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो:
"कञ्जूस त्यो हो जसको अगाडि मेरो नाम लिइन्छ तर उसले ममाथि दया (दरुद) पठाउदैन।"

[सही] - [رواه الترمذي والنسائي في الكبرى وأحمد] - [सुनन् कुब्रा लिन्निसाई - 8046]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो नाम, उपनाम वा विशेषता सुनेको बेला उनमाथि दरुद नपढ्नुको बारेमा चेतावनी दिनुभयो, र भन्नुभयो: "सबभन्दा कन्जूस व्यक्ति त्यो हो जसको अगाडि मेरो नाम आउँछ र उसले दरूद पढ्दैन।" यसका कैयौँ कारणहरू छन् :
१- उसले कुनै पनि नोक्सान नभएको कुरामा खर्च गर्दा कन्जुस्याइँ देखायो। यसको लागि कुनै पैसा वा प्रयासको आवश्यकता पर्दैन।
२- उसले आफूलाई अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि दरूद पढ्ने विशिष्टताबाट वञ्चित राख्यो; उसले यस सम्बन्धमा प्राप्त आदेशको पालना गर्न र इनाम प्राप्त गर्न पूरा गर्नुपर्ने कर्तव्यमा कन्जुस्याइँ देखायो।
३- नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथि दरूद पढ्नु उहाँका हामी माथि भएका हकहरू पुरा गर्ने विभिन्न तरिकाहरू मध्ये एक हो; किनकि उहाँले हामीलाई तालिम दिनु भएको छ, हाम्रो मार्ग दर्शन गर्नु भयो, उहाँले नै हामीलाई अल्लाहतर्फ बोलाउनु भयो, उहाँले नै हामीहरूतर्फ यो वही (प्रकाशना) लिएर आउनु भयो र यो शरीअत पनि । अल्लाह तआला पछि उहाँ नै हामीहरूको मार्गदर्शनका माध्यम हुनु हुन्छ । तसर्थ उहाँ माथि दरूद न पढ्ने वाला स्वयम् आफ्ना लागि र आफ्नो नबी (सल्लल्लाहु अलैहि व सल्लम) को एउटा सानो हक पुरा गर्नमा पनि कन्जुस्याइँ गर्ने वाला हो ।

हदीसका केही फाइदाहरू

  1. अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथि दरूद नपढ्नु कन्जुस्याइँको प्रतीक हो ।
  2. नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथि हरेक समयमा दरूद पढ्नु उत्तम पुण्य हो । तर जब उहाँको नाम लिइन्छ तब यसको जोड दोब्बर हुन्छ।
  3. इमान नववी (रहिमहुल्लाह) भन्नु हुन्छ : नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथि दरूद पढ्ने बेलामा दरूद र सलाम एकै साथ पढ्नु पर्छ, आफूलाई एउटामा सीमित नगर्नुहोस्। केवल "सल्लल्लाहु अलैहि" वा केवल "अलैहिस्सलाम" नभन्नुहोस्।
  4. अबू आलियाले अल्लाह तआलाको कथन {अल्लाह एवं उनका फरिश्ताहरू नबीमाथि ‘दरूद पठाउने गर्छन्} को बारेमा भन्नु हुन्छ : "सलात" को शब्द यदि अल्लाहको तर्फबाट नबी (सल्लल्लाहु अलैहि व सल्लम) का हकमा प्रयोग भयो भने यसको अर्थ प्रशंसा गर्नु हुन्छ । यदि फरिश्ता र मानिसहरूको तर्फबाट प्रयोग भएको छ भने यसको अर्थ "दुआ गर्नु " हुन्छ ।
  5. हलीमी (रहिमहुल्लाह) भन्नु हुन्छ : "अल्लाहुम्म सल्लि अला मुहम्मद" को अर्थ हो: हे अल्लाह ! यो संसारमा उहाँको जिक्र (चर्चा) लाई उच्च पारेर, उहाँको धर्मलाई फैलाएर, उहाँको शरीअतको संरक्षण गरेर उहाँलाई महान् बनाइ दिनुहोस् । परलोकमा, उहाँको सिफारिसलाई उहाँका अनुयायीहरूको हकमा कबूल गरेर, उहाँको प्रतिफल र पुण्यलाई बढाएर र अधिल्ला पछिल्ला सबै मानिसहरूमध्ये मकामे महमूदद्वारा उहाँको विशेषता दर्शाएर र भएका सबै निकटतम व्यक्तित्वहरूमा प्राथमिकता दिएर उहाँलाई महान् बनाइ दिनुहोस् ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (49)
थप