+ -

عَنِ الحُسَينِ بنِ عَلِيٍّ بنِ أَبِي طَالِبٍ رضي الله عنهما قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«الْبَخِيلُ مَنْ ذُكِرْتُ عِنْدَهُ فَلَمْ يُصَلِّ عَلَيَّ».

[صحيح] - [رواه الترمذي والنسائي في الكبرى وأحمد] - [السنن الكبرى للنسائي: 8046]
المزيــد ...

हजरत हुसैन बिन अली बिन अबू तालिब (रजियल्लाहु अन्हुमा)को वर्णन छ, उहाँ भन्नु हुन्छ : अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नु भयो :
स्वार्थी त्यो हो जसका सामु मेरो नाम लिइयो र उसले म माथि दरूद पढेन ।

[सही] - - [सुनन् कुब्रा लिन्निसाई - 8046]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो नाम, उपनाम, वा विशेषता सुनेको बेला उनमाथि दुआ नपढ्नुको बारेमा चेतावनी दिनुभयो, र भन्नुभयो: "सबभन्दा कन्जूस व्यक्ति त्यो हो जसको अगाडि मेरो नाम आउँछ र उसले दरूद पढ्दैन।" यसका कैयौँ कारणहरू छन् :
पहिलो : उसले यस्तो कुरा खर्च गर्नमा कन्जुस्याइँ देखायो जसमा अलिकति पनि घाटा छैन । यसमा न माल खर्च हुन्छ न मिहिनेत लाग्छ ।
दोस्रो : उसले आफूलाई अल्लाहका रसूल(सल्लल्लाहु अलैहि व सल्लम)माथि दरूद पढ्ने विशिष्टताबाट वञ्चित राख्यो । उसले उहाँ(सल्लल्लाहु अलैहि व सल्लम)माथि दरूद नपढेर यस्तो हक पुरा गर्नमा कुन्जुस्याइँ देखायो भने यस सन्दर्भमा भनिएको आदेश पुरा गर्न र पुण्य एवं प्रतिफल पाउनका लागि उसले गर्नु पर्ने थियो ।
तेस्रो : नबी(सल्लल्लाहु अलैहि व सल्लम)माथि दरूद पढ्नु उहाँका हामी माथि भएका हकहरू पुरा गर्ने विभिन्न तरिकाहरू मध्ये एक हो: किन कि उहाँले हामीलाई तालिम दिनु भएको छ, हाम्रो मार्ग दर्शन गर्नु भयो, उहाँले नै हामीलाई अल्लाह तआलातर्फ बोलाउनु भयो, उहाँले नै हामीहरूतर्फ यो वही (प्रकाशना) लिएर आउनु भयो र यो शरीअत ( नीति शास्त्र) पनि । अल्लाह तआला पछि उहाँ नै हामीहरूको मार्ग दर्शनका माध्यम हुनु हुन्छ । तसर्थ उहाँ माथि दरूद न पढ्ने वाला स्वयम् आफ्ना लागि र आफ्नो नबी (सल्लल्लाहु अलैहि व सल्लम)को एउटा सानो हक पुरा गर्नमा पनि कन्जुस्याइँ गर्ने वाला हो ।

हदीसका केही फाइदाहरू

  1. अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथि दरूद नपढ्नु कन्जुसीको प्रतीक हो ।
  2. नबी(सल्लल्लाहु अलैहि व सल्लम)माथि दरूद पढ्नु हरेक समयमा उत्तम पुण्यको काम हो । तर उहाँको चर्चा भएको बेलामा यसको ताकिद झन् बढ्न जान्छ ।
  3. इमान नववी (रहिमहुल्लाह) भन्नु हुन्छ : नबी(सल्लल्लाहु अलैहि व सल्लम)माथि दरूद पढ्ने बेलामा दरूद र सलाम एकै साथ पढ्नु पर्छ, कुनै एउटा मात्र पढ्नु हुन्न। जस्तै: केवल "सल्लल्लाहु अलैहि" वा केवल "अलैहिस्सलाम" मात्र भन्नु ।
  4. अबू आलियाले अल्लाह तआलाको कथन {अल्लाह एवं उनका फरिश्ताहरू नबीमाथि ‘दया प्रेषण’ (दरूद पठाउने) गर्छन् ।} को बारेमा भन्नु हुन्छ : "सलात"को शब्द यदि अल्लाहको तर्फबाट नबी(सल्लल्लाहु अलैहि व सल्लम)का हकमा प्रयोग भयो भने यसको अर्थ प्रशंसा गर्नु को हुन्छ । यदि फरिश्ता र मानिसहरूको तर्फबाट प्रयोग भएको छ भने यसको अर्थ "दुआ गर्नु " हुन्छ ।
  5. हलीमी (रहिमहुल्लाह) भन्नु हुन्छ : "अल्लाहुम्म सल्लि अला मुहम्मद" को अर्थ हो: हे अल्लाह ! यो संसारमा उहाँको जिक्र (चर्चा)लाई उच्च पारेर, उहाँको धर्मलाई फैलाएर, उहाँको शरीअतको संरक्षण गरेर उहाँलाई महान् बनाइ दिनु होस्, र परलोकमा, उहाँको सिफारिसलाई उहाँका अनुयायीहरूको हकमा कबूल गरेर , उहाँको प्रतिफल र पुण्यलाई बढाएर र अधिल्ला पछिल्ला सबै मानिस मध्ये मकामे महमूदद्वारा उहाँको विशेषता दर्शाएर र भएका सबै सानिध्य प्राप्त व्यक्तित्वहरूमा उहाँलाई प्राथमिकता दिएर उहाँलाई महान् बनाइ दिनु होस् ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया अम्हारिक डच गुजराती किर्गिज रोमानियन हंगेरी الموري ओरोमो الجورجية
अनुवादहरू हेर्नुहोस्
थप