عَنْ سَهْلِ بْنِ مُعَاذِ بْنِ أَنَسٍ عَنْ أَبِيهِ قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ:
«مَنْ أَكَلَ طَعَامًا فَقَالَ: الحَمْدُ لِلَّهِ الَّذِي أَطْعَمَنِي هَذَا وَرَزَقَنِيهِ مِنْ غَيْرِ حَوْلٍ مِنِّي وَلاَ قُوَّةٍ، غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ».
[حسن] - [رواه أبو داود والترمذي وابن ماجه وأحمد] - [سنن الترمذي: 3458]
المزيــد ...
सहल इब्न मुआज इब्न अनस (रजियल्लाहु अन्हुम) ले आफ्ना बुवा (मुआज इब्न अनस) बाट वर्णन गरेका छन्, उनी भन्छन्र, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले खाना खायो र भन्यो: 'अल्हम्दुलिल्लाहिल्लजी अत्अमनी हाजा व रजक़नीहि मिन ग़ैरि हौलिन मिन्नी वला कुव्वह्' (सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, जसले मलाई यो खाना खुवाउनुभयो र मेरो कुनै शक्ति वा सामर्थ्य बिना नै मलाई यो प्रदान गर्नुभयो), उसका अघिल्ला पापहरू क्षमा गरिनेछन् ।"
[हसन] - [अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 3458]
"नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भोजन ग्रहण गर्ने व्यक्तिलाई आफ्नो पालनकर्ताप्रति कृतज्ञ हुन प्रोत्साहित गर्नुभएको छ; किनकि उहाँको सहायता बिना न त भोजन प्राप्त गर्ने सामर्थ्य हुन्छ, न त त्यसलाई खान सक्ने शक्ति नै।" त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो दुआ पढ्ने व्यक्तिका अघिल्ला पापहरू क्षमा हुनेछन् भन्ने सुसमाचार सुनाउनुभयो।