عن أَبِي أُمَامَةَ إِياسِ بنِ ثَعْلَبَةَ الحَارِثِيِّ رضي الله عنه أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَنِ اقْتَطَعَ حَقَّ امْرِئٍ مُسْلِمٍ بِيَمِينِهِ، فَقَدْ أَوْجَبَ اللهُ لَهُ النَّارَ، وَحَرَّمَ عَلَيْهِ الْجَنَّةَ» فَقَالَ لَهُ رَجُلٌ: وَإِنْ كَانَ شَيْئًا يَسِيرًا يَا رَسُولَ اللهِ؟ قَالَ: «وَإِنْ قَضِيبًا مِنْ أَرَاكٍ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 137]
المزيــد ...
अबू उमामा इयास बिन सालबा हारिसी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
“जसले झूटो कसम खाएर मुस्लिमको अधिकार हनन गर्छ, अल्लाहले उसको लागि नर्क अनिवार्य र स्वर्गलाई हराम गरेको छ।” एक व्यक्तिले सोध्यो: हे अल्लाहका रसूल! यदि त्यो सानो कुरा नै किन नहोस्? उहाँले भन्नुभयो: "चाहे त्यो पिलु (दतिवन) रूखको सानो हाँगा नै किन नहोस्।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 137]
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमलाई उसको अधिकारबाट वञ्चित गर्न जानाजानी अल्लाहको नाममा झूटो कसम खान निषेध गर्नुभएको छ र यसले व्यक्तिलाई नर्कको योग्य बनाउँछ र उसलाई स्वर्गबाट वञ्चित गर्छ भनी बताउनुभएको छ। यो वास्तवमा ठूलो पाप हो। एक व्यक्तिले सोध्यो, "हे अल्लाहका रसूल! शपथ लिइएको कुरा सानो भए पनि, के सजाय उस्तै छ?" पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो: यदि त्यो मिस्वाकको लागि प्रयोग गरिने पिलु रूखको काठको टुक्रा हो भने पनि, सजाय उस्तै हो।