عن أَبِي أُمَامَةَ إِياسِ بنِ ثَعْلَبَةَ الحَارِثِيِّ رضي الله عنه أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَنِ اقْتَطَعَ حَقَّ امْرِئٍ مُسْلِمٍ بِيَمِينِهِ، فَقَدْ أَوْجَبَ اللهُ لَهُ النَّارَ، وَحَرَّمَ عَلَيْهِ الْجَنَّةَ» فَقَالَ لَهُ رَجُلٌ: وَإِنْ كَانَ شَيْئًا يَسِيرًا يَا رَسُولَ اللهِ؟ قَالَ: «وَإِنْ قَضِيبًا مِنْ أَرَاكٍ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 137]
المزيــد ...
अबू उमामा इयास बिन सालबा हारिसी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"जसले झुठो कसम खाएर कुनै मुसलमानको अधिकार (वा सम्पत्ति) हडप्छ, अल्लाहले उसको लागि नर्क अनिवार्य गरिदिनुहुन्छ र स्वर्गलाई उसमाथि निषेधित गरिदिनुहुन्छ।" एक जना मानिसले सोधे: "हे अल्लाहका रसूल! यदि त्यो एकदमै सानो वा मामुली कुरा नै किन नहोस्? उहाँले भन्नुभयो: "हो, चाहे त्यो पिलु (दतिवन) रूखको सानो हाँगा नै किन नहोस्।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 137]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको नाममा जानीजानी झूटो कसम खाएर कुनै मुस्लिमको वैध अधिकार हडप्ने र खोस्ने प्रति कडा चेतावनी दिनुभएको छ। उहाँले स्पष्ट पार्नुभएको छ कि यस्तो दुष्कर्मले मानिसलाई नर्कको भागीदार बनाउँदछ र उसलाई स्वर्ग प्राप्तिबाट वञ्चित गरिदिँन्छ; र वास्तवमा, यो अत्यन्तै घोर महापाप (कबिरा ) हो। एक व्यक्तिले सोध्यो: ‘हे अल्लाहका रसूल, यदि कसम खाएर लिइएको वस्तु सानो मात्र भए पनि के सजाय उस्तै हुनेछ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो:"हो, चाहे त्यो पिलुको रुखबाट निकालिएको मिसवाक (दतिवन) नै किन नहोस्।"