हदीसहरूको सूची

जिब्रीलले मलाई छिमेकीप्रति निरन्तर वसीयत गरीरहे यहाँसम्म कि मैले ख्याल गरे अब उनले छिटै छिमेकीलाई वारिस (उत्तराधिकारी) पनि बनाउने आदेश ल्याउनेछन्।
عربي अंग्रेजी उर्दू
मन्नत (भाकल) गर्न निषेध गर्नुभयो र भन्नुभयो: "मन्नतले कुनै फाइदा गर्दैन । यसले केवल कंजूसबाट उसको धन निकालिनेछ ।
عربي अंग्रेजी उर्दू
अल्लाहको कसम, जब म कुनै चीजको लागि कसम खान्छु र त्यो भन्दा राम्रो अर्को चीज देख्छु भने म कसमको कफ्फारा दिन्छु र राम्रो मात्र रोज्छु।
عربي अंग्रेजी उर्दू
जो कोही चाहन्छ कि अल्लाहले उसलाई क़ियामतको दिनका दुःखद घडीहरूबाट मुक्त गरून्, उसले कुनै असमर्थ (ऋणी) को दुःख हल गरिदिनु पर्छ वा उसको ऋण माफ गरिदिनु पर्छ»।
عربي अंग्रेजी उर्दू
चाँदी सुनको साटोमा यदि हाताहाती भएन भने ब्याज हो र गहुँ गहुँमा यदि हाताहाती भएन भने ब्याज हो र जौं जौंको साटोमा यदि हाताहाती भएन भने ब्याज हो , र खजूर खजूरको बदलामा यदि हाताहाती भएन भने ब्याज हो
عربي अंग्रेजी उर्दू
जब मानिसको मृत्यु हुन्छ, उसका सबै कर्महरू बन्द हुन्छन्, सिवाय तीन चीजका: निरन्तर चलिरहने दान, ज्ञान जसबाट लाभ उठाइन्छ, र आस्थावान सन्तान जसले उसको लागि प्रार्थना गर्छ।
عربي अंग्रेजी इन्डोनेसिया
हे अल्लाहका रसूल! मेरी आमाको निधन भएको छ । यस्तो अवस्थामा कुन सद्का (दान) राम्रो होला ? उहाँले भन्नुभयो: "पानी ।" त्यसैले उनले एउटा इनार खने र भने : यो इनार साअ्दकी आमाको लागि हो ।
عربي अंग्रेजी इन्डोनेसिया