+ -

عَنْ أَبَي قَتَادَةَ رضي الله عنه أنَّهُ طَلَبَ غَرِيمًا لَهُ، فَتَوَارَى عَنْهُ ثُمَّ وَجَدَهُ، فَقَالَ: إِنِّي مُعْسِرٌ، فَقَالَ: آللَّهِ؟ قَالَ: آللَّهِ؟ قَالَ: فَإِنِّي سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«مَنْ سَرَّهُ أَنْ يُنْجِيَهُ اللهُ مِنْ كُرَبِ يَوْمِ الْقِيَامَةِ فَلْيُنَفِّسْ عَنْ مُعْسِرٍ أَوْ يَضَعْ عَنْهُ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 1563]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अबू कतादह (रजियल्लाहु अन्हु)बाट वर्णित छ कि उहाँले आफ्नो एक ऋणीलाई खोज्नुभयो। त्यो ऋणी उहाँबाट लुक्न खोज्यो, तर अन्ततः उहाँले उसलाई फेला पार्नुभयो। ऋणीले भने: म कठिनाइमा छु। उहाँले सोध्नुभयो: अल्लाहको नामले (सत्य बोल्दैछौ)? उसले उत्तर दियो: अल्लाहको कसम। त्यसपछि उहाँले भन्नुभयो: मैले रसूलल्लाह (सल्लल्लाहु अलैहि वसल्लम)लाई यो भन्नु भएको सुनेको छु:
«जो कोही चाहन्छ कि अल्लाहले उसलाई क़ियामतको दिनका दुःखद घडीहरूबाट मुक्त गरून्, उसले कुनै असमर्थ (ऋणी) को दुःख हल गरिदिनु पर्छ वा उसको ऋण माफ गरिदिनु पर्छ»।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 1563]

व्याख्या

अबू कतादह अन्सारी (रजियल्लाहु अन्हु) आफ्नो एक ऋणीलाई खोज्दै हुनुहुन्थ्यो, जो उहाँबाट लुकेर बसेको थियो। उहाँले उसलाई फेला पार्नुभयो। ऋणीले भन्यो: "म असमर्थ छु, र मेरोसँग तिमीलाई तिर्ने धन छैन।
त्यसपछि अबू कतादह (रजियल्लाहु अन्हु)ले उसँग पैसा छैन भनेर अल्लाहको कसम खुवाउनुभयो।
उसले अल्लाहको कसम खायो कि ऊ आफ्नो भनाइमा साँचो छ।
त्यसपछि अबू कतादह (रजियल्लाहु अन्हु)ले भने : उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम)लाई भन्नु भएको सुन्नुभएको छ:
जो कोही चाहन्छ र खुसी हुन्छ कि अल्लाहले उसलाई प्रलयको दिन दुःखद घडीहरू, कठिनाइहरू, र भयावह परिस्थितिहरूबाट मुक्त गरून्, उसले कुनै असमर्थ (ऋणी) लाई राहत दिनुपर्छ। यसको अर्थ ऋण फिर्ता माग्न समय दिनुपर्छ, वा केही वा सबै ऋण माफ गरिदिनुपर्छ।

हदीसका केही फाइदाहरू

  1. असमर्थ (ऋणी) लाई भुक्तानीको लागि समय दिनुपर्छ, अथवा उसको ऋणलाई पूर्णतया वा आंशिक रूपमा माफ गरिदिनुपर्छ।
  2. जसले कुनै मोमिनलाई यस संसारको संकटबाट मुक्त गर्दछ, अल्लाहले उसलाई प्रलयको दिनको कष्टहरु बाट मुक्त गर्नुहुनेछ। प्रतिफल कामकै प्रकृतिमा आधारित हुन्छ।
  3. नियम: अनिवार्य कर्तव्यहरु (फर्ज) स्वेच्छिक कर्तव्यहरु (नफिल) भन्दा उत्तम हुन्छन, तर केही अवस्थामा स्वेच्छिक कर्तव्यहरु अनिवार्य कर्तव्यहरुभन्दा उत्तम हुन सक्छ। असमर्थ (ऋणी) को ऋण माफ गर्नु स्वेच्छिक कर्तव्य हो, र उसमाथि धैर्य राख्नु, प्रतीक्षा गर्नु, र ऋणको माग नगर्नु अनिवार्य कर्तव्य हो। स्वैच्छिक कार्य यहाँ अनिवार्य कार्य भन्दा राम्रो छ।
  4. यो हदीस असमर्थ (ऋणी) को हकमा हो, त्यो व्यक्तिले माफी पाएको छ। तर जो ऋणी पैसा भएपनि ढिलाइ गर्छ, त्यस्ता व्यक्तिको बारेमा नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभएको छ: "धनी व्यक्तिद्वारा कर्जा फिर्ता गर्नुमा देरी गर्नु अन्याय हो।"
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती एल्ड्रेया रोमानियन हंगेरी الموري الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप