+ -

عن سعد بن عبادة رضي الله عنه أنه قال:
يَا رَسُولَ اللَّهِ، إِنَّ أُمَّ سَعْدٍ مَاتَتْ، فَأَيُّ الصَّدَقَةِ أَفْضَلُ؟، قَالَ: «الْمَاءُ»، قَالَ: فَحَفَرَ بِئْرًا، وَقَالَ: هَذِهِ لِأُمِّ سَعْدٍ.

[حسن بمجموع طرقه] - [رواه أبو داود والنسائي وابن ماجه] - [سنن أبي داود: 1681]
المزيــد ...

साअ्द बिन ओबादा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने :
हे अल्लाहका रसूल! मेरी आमाको निधन भएको छ । यस्तो अवस्थामा उहाँको (पुण्यको) लागि कुन दान (सद्का) सबैभन्दा उत्तम हुन्छ? उहाँले जवाफ दिनुभयो: 'पानी (पिलाउनु)।' तसर्थ, साअ्दले एउटा इनार खन्नुभयो र भन्नुभयो: 'यो इनार साअ्दकी आमाका निम्ति हो।"

[حسن بمجموع طرقه] - [رواه أبو داود والنسائي وابن ماجه] - [सुनन अबी दाउद - 1681]

व्याख्या

साअ्द बिन ओबादा (रजियल्लाहु अन्हु) की आमाको निधन भयो, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, आमाको लागि सदका गर्नुछ, सबैभन्दा राम्रो सदका के होला ? उहाँले भन्नुभयो: सबैभन्दा राम्रो सदका (दान) पानी हो, त्यसैले उनले एउटा इनार खने र आफ्नी आमाको लागि दानको रूपमा दिए ।

हदीसका केही फाइदाहरू

  1. पानी पिलाउनु सदकाका प्रकारहरूमध्ये सर्वोत्कृष्ट दान हो ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सअदलाई पानी दान (जलदान) गर्न मार्गदर्शन गर्नुभयो, किनकि यसले धार्मिक र सांसारिक दुवै मामिलामा सबैभन्दा व्यापक लाभ पुर्‍याउँछ। साथै, अत्यधिक गर्मी, तीव्र आवश्यकता र पानीको अभावजस्ता कारणहरूले गर्दा यसको महत्त्व र उपादेयता अझ बढी हुन्छ।
  3. यसबाट सदकाको पुण्य मृतकहरूसम्म पुग्ने कुरा प्रमाणित हुन्छ।
  4. यसबाट सअद बिन उबादा (रजियल्लाहु अन्हु) ले आफ्नी आमाप्रति निर्वाह गर्नुभएको कर्तव्य र सदाचार स्पष्ट हुन्छ।
अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया बंगाली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज लिथुआनियाली एल्ड्रेया सर्बियाई किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप