+ -

عن أبي هريرة رضي الله عنه عن رسول الله صلى الله عليه وسلم قال:
«مَا نَقَصَتْ صَدَقَةٌ مِنْ مَالٍ، وَمَا زَادَ اللهُ عَبْدًا بِعَفْوٍ إِلَّا عِزًّا، وَمَا تَوَاضَعَ أَحَدٌ لِلهِ إِلَّا رَفَعَهُ اللهُ».

[صحيح] - [رواه مسلم]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"दानले धनमा कमी आउँदैन । जसले मानिसहरूलाई क्षमा गर्छ, अल्लाहले उसको इज्जत बढाउँछ र जसले अल्लाहको लागि आफूलाई नम्र बनाउँछ, अल्लाहले उसलाई उच्च दर्जा दिनुहुन्छ ।"

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, सदकाले धनलाई घटाउँदैन, बरू यसले व्यक्तिलाई विपत्तिबाट बचाउँछ र दान गर्नेलाई ठूलो क्षतिपूर्ति दिनुहुन्छ । यसरी हेर्दा धन बढेको छ, घटेको छैन ।
बदला लिने क्षमता हुँदाहुँदै पनि माफी दिइयो भने त्यसले व्यक्तिको शक्ति र सम्मान बढाउँछ ।
जब कुनै व्यक्ति मात्र अल्लाहको डरले, कसैलाई खुशी पार्न र कसैबाट फाइदा लिनको लागि होइन नम्रता अपनाउछ, तब अल्लाहले उसलाई उच्च स्थान प्रदान गर्नुहुन्छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. भलाइ र सफलता शरियतको पालना र असल कार्यमा निहित छ, यद्यपि केही मानिसहरू यसलाई विपरीत सोच्छन् ।