عَنْ خُرَيْمِ بْنِ فَاتِكٍ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«الْأَعْمَالُ سِتَّةٌ، وَالنَّاسُ أَرْبَعَةٌ، فَمُوجِبَتَانِ، وَمِثْلٌ بِمِثْلٍ، وَحَسَنَةٌ بِعَشْرِ أَمْثَالِهَا، وَحَسَنَةٌ بِسَبْعِ مِائَةٍ، فَأَمَّا الْمُوجِبَتَانِ: فَمَنْ مَاتَ لَا يُشْرِكُ بِاللهِ شَيْئًا دَخَلَ الْجَنَّةَ، وَمَنْ مَاتَ يُشْرِكُ بِاللهِ شَيْئًا دَخَلَ النَّارَ، وَأَمَّا مِثْلٌ بِمِثْلٍ: فَمَنْ هَمَّ بِحَسَنَةٍ حَتَّى يَشْعُرَهَا قَلْبُهُ، وَيَعْلَمَهَا اللهُ مِنْهُ كُتِبَتْ لَهُ حَسَنَةً، وَمَنْ عَمِلَ سَيِّئَةً، كُتِبَتْ عَلَيْهِ سَيِّئَةً، وَمَنْ عَمِلَ حَسَنَةً فَبِعَشْرِ أَمْثَالِهَا، وَمَنْ أَنْفَقَ نَفَقَةً فِي سَبِيلِ اللهِ فَحَسَنَةٌ بِسَبْعِ مِائَةٍ، وَأَمَّا النَّاسُ، فَمُوَسَّعٌ عَلَيْهِ فِي الدُّنْيَا مَقْتُورٌ عَلَيْهِ فِي الْآخِرَةِ، وَمَقْتُورٌ عَلَيْهِ فِي الدُّنْيَا مُوَسَّعٌ عَلَيْهِ فِي الْآخِرَةِ، وَمَقْتُورٌ عَلَيْهِ فِي الدُّنْيَا وَالْآخِرَةِ، وَمُوَسَّعٌ عَلَيْهِ فِي الدُّنْيَا وَالْآخِرَةِ».
[حسن] - [رواه أحمد]
المزيــد ...
खुरैम बिन फातिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो:
कर्म ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् ।
तीमध्ये (स्वर्ग वा नरक) अनिवार्य गर्ने दुईवटा कर्म छन्, र (बाँकी ४ प्रकारका कर्महरू मध्ये ) एउटा कर्मको प्रतिफल कर्म अनुसार नै पाइनेछ, र अर्को कर्मको प्रतिफल दश गुणा बढी र केही कर्मको प्रतिफल सात सय गुणा बढी प्राप्त हुनेछ।
दुईटा (स्वर्ग वा नरक) अनिवार्य गर्नेवाला कर्महरू भनेको : जो अल्लाहसँग शिर्क (साझेदारी) नगरेको अवस्थामा मर्यो भने ऊ स्वर्गमा जानेछ, र जो अल्लाहसँग शिर्क गरेको अवस्थामा मर्यो भने ऊ नर्कमा जानेछ ।
र त्यो कर्म जसको प्रतिफल कर्म अनुसार नै पाइनेछ भनेको : जसले भित्री मनले कुनै सत्कर्म गर्ने नियत गर्दछ र अल्लाहले त्यस प्रति उसको प्रतिज्ञालाई देख्नुहुन्छ त उसको लागि एक नेकी (पुण्य) लेखिन्छ,र जसले दुष्कर्म गर्ने नियत गर्दछ, उसको लागि एउटा पाप मात्र लेखिन्छ । र जसले सत्कर्म गर्दछ, त्यसलाई दश गुणा बढी प्रतिफल दिइनेछ । र जसले अल्लाहको बाटोमा दान प्रदान गर्छ, त्यसलाई सात सय गुणा बढी प्रतिफल (पुण्य)दिइनेछ ।
र मानिसहरू चार प्रकारका छन्: (पहिलो) जसलाई संसारमा सुख सुविधा प्राप्त छ, तर आखिरत(परलोक)मा उसलाई कष्ट र दुःख हुनेछ ।(दोस्रो) जसले संसारमा कष्ट र दुःख साथ जीवन काट्यो, तर आखिरतमा उसलाई सुख सुविधा प्राप्त हुनेछ, (तेस्रो) जसलाई संसार र आखिरत दुवैमा कष्ट दुःख हुनेछ, (चौथो) जसलाई संसार र आखिरत दुवैमा सुख सुविधा प्राप्त हुनेछ।
सही - अहमदले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : कर्महरू ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । र छ किसिमका कर्महरू यी हुन्:
पहिलो प्रकार: जो व्यक्ति यस अवस्थामा मर्छ कि उसले कसैलाई अल्लाहको साझेदार बनाएको छैन भने, ऊ अनिवार्य रूपले स्वर्ग मा प्रवेश गर्नेछ ।
दोस्रो प्रकार: र जो व्यक्ति यस अवस्थामा मर्छ कि उसले कसैलाई अल्लाहको साझेदार बनाएको छ (शिर्क जस्तो महापाप गरेर मरेको छ) भने, ऊ अनिवार्य रूपले नर्कमा प्रवेश गर्नेछ, जहाँ ऊ सदासर्वदा रहनेछ।
यी दुवै कार्य (स्वर्ग वा नरक) अनिवार्य गर्नेवाला हुन्।
तेस्रो प्रकार: नियतमा आधारित भलाइ, कुनै व्यक्तिले राम्रो काम गर्ने मनसाय आफ्नो मनमा गर्यो र उसको मनसाय राम्रो थियो, साथै अल्लाहले उसको अभिप्राय पनि जान्नु हुन्थ्यो तर केही कारणवश ऊ त्यो असल काम गर्न असमर्थ भयो भने तैपनि उसको लागि एक नेकी लेखिने छ ।
चौथो प्रकार: यदि कुनै व्यक्तिले खराब काम गर्छ भने, उसको विरुद्धमा एउटा पाप मात्र लेखिन्छ।
यी दुवै कार्यहरूमा केही थप नगरिकन एकको बदला बराबर लेखिन्छ ।
पाँचौं प्रकार: अर्थात एउटा राम्रो कर्मको पुण्य दस असल कर्म बराबर, जसले राम्रो काम गर्ने नियत (इरादा) गर्दछ र त्यसलाई पूरा गर्दछ उसलाई एक नेकी (पुण्य) गर्दा दश गुणा बढी प्रतिफल दिइनेछ ।
छैटौं प्रकार: अर्थात एउटा राम्रो कर्मको पुण्य सात सय असल कर्म बराबर; जसले अल्लाहको मार्गमा धन-सम्पत्ति खर्च गर्दछ, त्यो एक दानलाई सात सय गुणा बढी पुण्य लेखिनेछ र भक्तहरू प्रति उहाँको यो अनुग्रह र उदारता हो ।
चार प्रकारका मानिसहरू निम्न हुन् :
पहिलो: धनि र सम्पन्न व्यक्ति, जसलाई यस संसारमा प्रशस्त धनसम्पत्ति प्राप्त छ, ऊ विलासी जीवन बिताउँछ र आफ्ना सबै इच्छाहरू पूरा गर्दछ, तर परलोकमा उसले कठिनाइको सामना गर्नेछ र उसको गन्तव्य नर्क हुनेछ र त्यो धनी काफिर हो ।
दोस्रो: यस संसारमा अभावमा जीविकोपार्जन गर्ने व्यक्ति, तर परलोकमा उसलाई प्रचुर मात्रामा सुविधा प्रदान गरिनेछ, उसको गन्तव्य स्वर्ग हुनेछ र त्यो गरीब मुअ्मिन हो ।
तेश्रो : यस संसार र परलोकमा जताततै कष्ट र अभाव भोग्ने व्यक्ति र त्यो गरिब काफिर हो ।
चौथो : यस संसार र परलोकमा प्रशस्त धनसम्पत्ति पाएको व्यक्ति र त्यो धनी मुअ्मिन हो ।