+ -

عَنْ أَنَسِ بْنِ مَالِكٍ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«إِنَّ اللهَ لَا يَظْلِمُ مُؤْمِنًا حَسَنَةً، يُعْطَى بِهَا فِي الدُّنْيَا وَيُجْزَى بِهَا فِي الْآخِرَةِ، وَأَمَّا الْكَافِرُ فَيُطْعَمُ بِحَسَنَاتِ مَا عَمِلَ بِهَا لِلَّهِ فِي الدُّنْيَا، حَتَّى إِذَا أَفْضَى إِلَى الْآخِرَةِ، لَمْ تَكُنْ لَهُ حَسَنَةٌ يُجْزَى بِهَا».

[صحيح] - [رواه مسلم]
المزيــد ...

अनस बिन् मालिक(रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"वास्तवमा, अल्लाहले आस्थावानमाथि एक पुण्यको मामिलामा पनि अन्याय गर्नुहुन्न। उसलाई यस संसारमा पुण्य को प्रतिफल दिइन्छ र परलोकमा पनि यसको राम्रो प्रतिफल दिइनेछ ।" तर काफिरले गरेको सत्कर्मको प्रतिफल यस संसारमा नै दिइन्छ, परलोकमा उसको लागि कुनै प्रतिफल दिइने छैन ।

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

यस हदीसमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आस्थावानरूप्रति अल्लाहको अनुग्रह र दया तथा काफिरहरूप्रति उहाँको न्याय र निष्पक्षताको वर्णन गर्नुभएको छ । जहाँसम्म आस्थावानको कुरा छ, उसले गरेको राम्रो कामको प्रतिफल कहिले पनि बर्बाद हुँदैन, बरु उसलाई यस संसारमा राम्रो बदला दिइनेछ र साथसाथै परलोकको लागि प्रतिफल भाण्डार गरिन्छ र कहिलेकाहीँ उसको सम्पूर्ण प्रतिफलहरू परलोकको लागि सुरक्षित गरिन्छ । जहाँसम्म काफिरको कुरा छ, अल्लाहले उसलाई उसको असल कर्मको बदलामा यस संसारमा राम्रो चीजहरू दिनुहुन्छ र जब ऊ परलोकमा पुग्छ, तब उसको लागि कुनै प्रतिफल हुनेछैन । किनकि असल कर्मबाट लाभान्वित हुनका लागि मुअ्मिन (आस्थावान) हुनु शर्त छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. कुफ्र (गैर इस्लाम) को अवस्थामा मर्ने मानिसलाई कुनै पनि कर्मले लाभ दिन सक्दैन।
थप