عَن أَبِي هُرَيْرَةَ رَضِيَ اللَّهُ عَنْهُ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«يَأْتِي الشَّيْطَانُ أَحَدَكُمْ فَيَقُولُ: مَنْ خَلَقَ كَذَا؟ مَنْ خَلَقَ كَذَا؟ حَتَّى يَقُولَ: مَنْ خَلَقَ رَبَّكَ؟ فَإِذَا بَلَغَهُ فَلْيَسْتَعِذْ بِاللهِ وَلْيَنْتَهِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 3276]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"शैतान तिमीहरु मध्ये कसै कहाँ आउँछ र भन्छ: यो कसले सृष्टि गर्यो ? र यो कसले रचना गर्यो ? यो क्रम चलिरहन्छ यहाँ सम्म उसले सोध्न थाल्छ : तिम्रो रब (पालनकर्ता) लाई कसले सृष्टि गर्यो ? यस्तो कुरा दिमागमा आउन साथ शैतानको उपद्रोबाट अल्लाहको शरण लिनुपर्छ र यस्त खराब विचार त्याग्नु पर्छ"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 3276]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले शैतानले आस्थावानहरूको मस्तिष्कमा हाल्ने प्रश्नहरूको प्रभावकारी उपचारको वर्णन गर्नुभएको छ। शैतानले भन्छ : यसलाई कसले बनायो? आकाशलाई कसले बनायो ? पृथ्वीलाई कसले बनायो ? मुस्लिमले धार्मिक, प्राकृतिक र तार्किक जवाफ दिन्छ : यी सबैको सृष्टि अल्लाहले गरेका हुन् । तर शैतान यतिमै सिमित नभई एक कदम अगाडि बढेर प्रश्न गर्छ : त्यसोभए तिम्रो परमेश्वरलाई कसले सृष्टि गरेको त ? यस्तो अवस्थामा आस्थावानले वस्वसा (कुविचारहरू) लाई तीन चीजहरूद्वारा हटाउन सक्छ :
अल्लाह माथि विश्वास गरेर ।
शैतानबाट अल्लाहको शरण लिएर ।
र नराम्रा विचारहरूबाट टाढा रहेर।

हदीसका केही फाइदाहरू

  1. शैतानी वस्वसा (कुविचार) र चालहरूबाट टाढा रहनुपर्छ र त्यसको बारेमा सोच्नु हुँदैन साथै त्यसबाट जोगिन अल्लाह सँग वहाँको शरण प्राप्ति निमित्त प्रार्थना गर्नुपर्छ ।
  2. मानिसको हृदयमा धर्म विरुद्ध जुनसुकै वस्वसा (कुविचार) उत्पन्न हुन्छ, त्यो शैतानबाट हुन्छ ।
  3. अल्लाहको अस्तित्व बारे चिन्तन गर्न निषेध गरिएको छ, र उहाँका सृष्टिहरू र निसानीहरूमाथि विचार गर्न प्रोत्साहित गरिएको छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (65)
थप