عن ابن عباس رضي الله عنهما قال:
جاءَ رجُلُ إلى النبي صلى الله عليه وسلم فقال: يا رسولَ اللهِ، إن أحدنا يجدُ في نفسِهِ -يُعرِّضُ بالشَّيءِ- لأَن يكونَ حُمَمَةً أحَبُّ إليه من أن يتكلَّم بِهِ، فقال: «اللهُ أكبرُ، اللهُ أكبرُ، الحمدُ لله الذي ردَّ كيدَه إلى الوسوسَةِ».

[صحيح] - [رواه أبو داود والنسائي في الكبرى] - [سنن أبي داود: 5112]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, उहाँले भन्नुहुन्छ:
एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र भन्यो: हे अल्लाहका रसूल! हाम्रो मनमा केही केही यस्ता गलत विचारहरू आउँछन्, जसलाई शब्दमा व्यक्त गर्नु भन्दा खरानी बन्नु प्यारो छ । उहाँले भन्नुभयो: "अल्लाहु अक्बर, अल्लाह महान हुनुहुन्छ, सबै प्रशंसा योग्य अल्लाह नै हुनुहुन्छ, जसले (इब्लिस') को षड्यन्त्रलाई वस्वसा (कुविचारहरू) सम्म मात्र सीमित गरिदिए ।"

[सही] - [अबू दाउद र निसाईले सुनन कुब्रा मा वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 5112]

व्याख्या

एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आए र भने: हे अल्लाहका रसूल! हाम्रो मनमा केही यस्ता गलत विचारहरू आउँछन्, जसको दुष्टता ले गर्दा त्यसलाई शब्दमा व्यक्त गर्नु भन्दा खरानी बन्नु प्यारो छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुइपटक अल्लाहु अक्बर भन्नुभयो र अल्लाहको प्रशंसा गर्नुभयो, कि अल्लाहले शैतान (इब्लिस') को षड्यन्त्रलाई वस्वसा (कुविचारहरू) सम्म मात्र सीमित गरिदिनुभयो ।"

हदीसका केही फाइदाहरू

  1. शैतान आस्थावानहरूको हृदयमा कुविचार र शंका उत्पन्न गर्ने मौका को प्रतिक्षामा रहन्छ, जसद्वारा तिनीहरू लाई आस्था इमान बाट निकाली पुनः कुफ्रतिरै फर्काउन चाहन्छ।
  2. यसमा आस्थावानको तुलनामा शैतानको कमजोरीको वर्णन छ र यस कुरा को पुष्टि छ कि शैतानले मनमा भ्रम वा शंका उत्पन्न गर्न बाहेक अरु केही गर्न सक्दैन।
  3. मुस्लिमले शैतानको वस्वसा (कुविचार र शंका) को वास्तै गर्नु हुन्न,र उक्त विचारहरु दिमागबाट नै निकाल्नु पर्नेहुन्छ।
  4. कुनै मनपर्ने वस्तु देख्दा वा अचम्म लाग्दा 'अल्लाहु अकबर' भन्नु मुस्तहब (राम्रो) हो ।
  5. मुस्लिमले नबुझेको कुराबारे विद्वानलाई सोध्न वैध छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (65)
थप