عَنْ سُفْيان بنِ عَبْدِ اللهِ الثَّقَفِيّ رضي الله عنه قال:
قُلْتُ: يَا رَسُولَ اللهِ، قُلْ لِي فِي الْإِسْلَامِ قَوْلًا لَا أَسْأَلُ عَنْهُ أَحَدًا غَيْرَكَ، قَالَ: «قُلْ: آمَنْتُ بِاللهِ، ثُمَّ اسْتَقِمْ».

[صحيح] - [رواه مسلم وأحمد] - [مسند أحمد: 15416]
المزيــد ...

सुफयान बिन अब्दुल्लाह सकफी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
मैले भने: हे अल्लाहको रसूल! मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नपरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु र त्यसपछि त्यसमा अडिग रहनु।"

[सही] - [मुस्लिम र अहमदले वर्णन गरेका छन्] - [मुस्नद अहमद - 15416]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को एक साथी सुफयान बिन अब्दुल्लाहले उहाँलाई इस्लामको अर्थलाई व्यापक रूपमा समेटिएको कुरा सिकाउन अनुरोध गरे, ताकि उसले यसलाई दृढताका साथ पालना गरून् र यसको बारेमा अरू कसैलाई सोध्न नपरोस् । त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई भन्नुभयो: भन, अल्लाह एक हुनुहुन्छ र उहाँ नै मेरो परमेश्वर, मेरो सृष्टिकर्ता र पूज्य हुनुहुन्छ र उहाँको कोही साझेदार छैन भनेर म विश्वास गर्दछु । त्यसपछि अल्लाहको आदेशको पालना गरेर र उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहेर उहाँको आज्ञापालन गर्नु र त्यसमा अडिग रहनु ।

हदीसका केही फाइदाहरू

  1. वास्तविक धर्म भनेको अल्लाहलाई परमेश्वर, साँचो ईश्वर र उहाँको नाम र गुणहरूमा विश्वास गर्नु हो ।
  2. ईमान ल्याइसकेपछि निरन्तर उपासना गर्नु र त्यसमा अडिग रहनुको ठूलो महत्व छ ।
  3. ईमान भनेको कर्म स्वीकार गर्ने मूल शर्त हो ।
  4. अल्लाहमाथिको आस्थामा आस्थासँग सम्बन्धित आधारभूत कुराहरू र त्यसअन्तर्गत आउने हृदयका कार्यहरू तथा अल्लाहको लागि बाह्य तथा आन्तरिक आज्ञाकारिता र आत्मसमर्पण समावेश छन् ।
  5. इस्तिकामह (स्थिरता) भनेको वाजिबको पालना गरेर र निषेधहरू त्यागेर सोझो बाटोमा अडिग रहनु हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (59)
थप