+ -

عَنِ ابْنِ عُمَرَ رضي الله عنهما عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، قَالَ:
«مَثَلُ الْمُنَافِقِ، كَمَثَلِ الشَّاةِ الْعَائِرَةِ بَيْنَ الْغَنَمَيْنِ تَعِيرُ إِلَى هَذِهِ مَرَّةً وَإِلَى هَذِهِ مَرَّةً».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2784]
المزيــد ...

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"मुनाफिक (पाखण्डी, कपटी) को उदाहरण त्यस्तो बाख्राजस्तै हो, जुन दुई बथान बीच अलमल्ल पर्छ, कहिले यस बथानतिर जान्छ त कहिले त्यस बथानतिर।।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2784]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि पाखण्डीको अवस्था दुविधा र अलमलमा परेको बाख्रा जस्तै हुन्छ, जसलाई बाख्राको कुन समूहसँग बस्ने भनेर थाहा हुँदैन, कहिले यो बथानमा जान्छ त कहिले त्यो बथानमा । पाखण्डीहरूले ईमान र कुफ्र (विश्वास र अविश्वास) को बीचमा भ्रमको जीवन बिताउँछन् । तिनीहरू बाहिरी र भित्री रूपमा नत मुस्लिमहरूसंग हुन्छन् नत काफिरहरूसँग नै। बरू उनीहरू बाहिरी रूपमा मुस्लिमहरूसँग देखिएपनि भित्री रूपमा शंका र द्विविधाको अधीनमा हुन्छन् । त्यसैले कहिले यतातिर झुक्छन् त कहिले उतातिर।

हदीसका केही फाइदाहरू

  1. नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले कुराको अर्थ स्पष्ट पार्न उदाहरणहरूको प्रयोग गर्नुहुन्थ्यो।
  2. यस हदीसमा कपटीहरूको दुविधा, शंका र अस्थिरता बारे वर्णन गरिएको छ।
  3. यस हदीसमा कपटीहरूको दुर्दशाबारे चेताउनी दिइएको छ र बाहिरी तथा भित्री रूपमा विश्वास(ईमान)मा साँचो र दृढ रहन प्रोत्साहित गरिएको छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी اليونانية उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप