عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«إِنَّ أَثْقَلَ صَلَاةٍ عَلَى الْمُنَافِقِينَ صَلَاةُ الْعِشَاءِ وَصَلَاةُ الْفَجْرِ، وَلَوْ يَعْلَمُونَ مَا فِيهِمَا لَأَتَوْهُمَا وَلَوْ حَبْوًا، وَلَقَدْ هَمَمْتُ أَنْ آمُرَ بِالصَّلَاةِ فَتُقَامَ، ثُمَّ آمُرَ رَجُلًا فَيُصَلِّيَ بِالنَّاسِ، ثُمَّ أَنْطَلِقَ مَعِي بِرِجَالٍ مَعَهُمْ حُزَمٌ مِنْ حَطَبٍ إِلَى قَوْمٍ لَا يَشْهَدُونَ الصَّلَاةَ، فَأُحَرِّقَ عَلَيْهِمْ بُيُوتَهُمْ بِالنَّارِ».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 651]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"वास्तवमा, मुनाफिक (पाखंडी) हरूका लागि सबैभन्दा भारी नमाज ईशा र फजरका नमाज हुन् । यदि तिनीहरूले यी नमाजहरूको महत्व थाहा पाएको भए घस्रेर भए पनि (मस्जिद) आउने थिए । मैले (एक पटक) अजान दिन र एकजनालाई नमाज पढाउन आदेश दिन संकल्प गरे र आफैं दाउरा बोकेका केही केटाहरू साथमा लिएर नमाजका लागि (मस्जिद) नआएका मानिसहरूको घरमा आगो लगाउन निधो गरेको थिएँ ।”
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 651]
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मुनाफिक (पाखण्डि) हरू र नमाजमा उनीहरूको आलस्यको बारेमा कुरा गर्दै हुनुहुन्छ, विशेषगरी इशा र फजरको नमाजमा। यदि पाखण्डीहरूलाई मुस्लिमहरूसँग जमातका साथ यी दुई नमाजहरू पढ्दा कति पुण्य र इनाम छ भन्ने थाहा भएको भए तिनीहरूले बच्चाले जस्तै भए पनि हात र घुँडा टेकेर र घिस्रेर आउने थिए ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक पटक नमाज कायम गर्न र आफ्नो स्थानमा कसैलाई नमाज पढाउन आदेश दिने निर्णय गर्नुभएको थियो । त्यसपछि केही मानिसहरूका साथमा दाउरा बोकेर नमाजमा नआएका मानिसहरूको घरमा आगो लगाउन निर्णय गर्नुभएको थियो । किनभने जमातका साथ नमाज नपढ़नु धेरै ठूलो अपराध हो । तर उहाँले त्यसो गर्नुभएन, किनकि घरहरूमा निर्दोष महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरू हुन्छन्, जसको कुनै अपराध छैन । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक पटक नमाज कायम गर्न र आफ्नो स्थानमा कसैलाई नमाज पढाउन आदेश दिने निर्णय गर्नुभएको थियो । त्यसपछि केही मानिसहरूका साथमा दाउरा बोकेर नमाजमा नआएका मानिसहरूको घरमा आगो लगाउन निर्णय गर्नुभएको थियो । किनभने जमातका साथ नमाज नपढ़नु धेरै ठूलो अपराध हो । तर उहाँले त्यसो गर्नुभएन, किनकि घरहरूमा निर्दोष महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरू हुन्छन्, जसको कुनै अपराध छैन ।