عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ:
كُنَّا مَعَ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، إِذْ سَمِعَ وَجْبَةً، فَقَالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «تَدْرُونَ مَا هَذَا؟» قَالَ: قُلْنَا: اللهُ وَرَسُولُهُ أَعْلَمُ، قَالَ: «هَذَا حَجَرٌ رُمِيَ بِهِ فِي النَّارِ مُنْذُ سَبْعِينَ خَرِيفًا، فَهُوَ يَهْوِي فِي النَّارِ الْآنَ حَتَّى انْتَهَى إِلَى قَعْرِهَا».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2844]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् :
हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं, अचानक हामीले केही खसेको आवाज सुन्यौं । तब उहाँले भन्नुभयो: "तिमीहरूलाई थाहा छ यो के (को आवाज) हो?" हामीले भन्यौं: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले भन्नुभयो: "यो एउटा ढुङ्गा (को आवाज) हो, जुन सत्तरी वर्षअघि नर्कमा फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ ।”

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2844]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनै भारी वस्तु खसेझैँ सुनिने एक भयप्रद आवाज सुन्नुभयो। त्यसपछि उहाँले आफूसँग उपस्थित सहाबाहरूलाई सो आवाजको बारेमा सोध्नुभयो। उनीहरूले उत्तर दिए: “अल्लाह र उहाँका रसूल नै यस बारेमा बढी जान्नुहुन्छ।”
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनीहरूलाई भन्नुभयो: यो त्यो ढुङ्गाको आवाज हो, जुन सत्तरी वर्षअघि नर्कको किनारबाट फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ, जसको आवाज तिमीहरूले सुन्यौ ।

हदीसका केही फाइदाहरू

  1. अन्तिम दिनको लागि राम्रा कर्म गरेर तयारी गर्न प्रोत्साहन दिइएको छ र नर्कको भयानक यातनाबारे सचेत गराइएको छ।
  2. मानिसलाई ज्ञात नभएका विषयहरूमा, ज्ञानलाई सर्वोच्च अल्लाहतर्फ नै फर्काउनु एक प्रशंसनीय र वाञ्छनीय कार्य हो।
  3. कुनै विषयको व्याख्या आरम्भ गर्नु अघि शिक्षकले श्रोतालाई ध्यानाकर्षण गराई तिनको अभिरुचि जगाउनु राम्रो हुन्छ, जसले कुरा बुझ्न अझ सजिलो हुन्छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (50)
थप