عَنْ سَلَمَةَ بْنِ الْأَكْوَعِ رضي الله عنه:
أَنَّ رَجُلًا أَكَلَ عِنْدَ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ بِشِمَالِهِ، فَقَالَ: «كُلْ بِيَمِينِكَ»، قَالَ: لَا أَسْتَطِيعُ، قَالَ: «لَا اسْتَطَعْتَ»، مَا مَنَعَهُ إِلَّا الْكِبْرُ، قَالَ: فَمَا رَفَعَهَا إِلَى فِيهِ.

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2021]
المزيــد ...

सलमह बिन अक्वह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक देब्रे हातले खाना खायो । यो देखेर उहाँले भन्नुभयो: "दाहिने हातले खाऊ ।" उसले भन्यो: म (दायाँ हातले खान) सक्दिनं । उहाँले भन्नुभयो: "तिमी कहिल्यै सक्ने छैनौ ।" वास्तवमा, अहंकारले उसलाई त्यसो गर्नबाट रोकियो । हदीस बयान गर्नेले भने: त्यसपछि, त्यस व्यक्तिले आफ्नो दाहिने हात कहिल्यै मुखसम्म पुर्याउन सकेन।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2021]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक जना मानिसलाई आफ्नो देब्रे हातले खाना खाइरहेको देख्नुभयो र उसलाई दाहिने हातले खाना खान भन्नुभयो । तर अहङ्कारका कारण उसले त्यसो गर्न नसक्ने झूट बोल्यो । त्यसो सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसले कहिल्यै पनि आफ्नो दाहिने हातले खान सक्ने छैन भनी भन्नुभयो । अल्लाहले आफ्नो नबीको दुआ स्वीकार गर्नुभयो र उसको दाहिने हात बेकार भयो । त्यो व्यक्तिले फेरि कहिल्यै आफ्नो दाहिने हातलाई खान वा पिउन निमित्त मुखसम्म ल्याउन सकेन ।

हदीसका केही फाइदाहरू

  1. दाहिने हातले खानु अनिवार्य र देब्रे हातले खानु हराम हो ।
  2. अहंकारका कारणले शरियतका आदेशहरू पालना नगर्ने व्यक्ति सजायको हकदार हुन्छ।
  3. अल्लाहले आफ्नो रसुल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को दुआ स्वीकार गर्नुहुन्थ्यो । यो उहाँको लागि एक सम्मान थियो ।
  4. खाना खाँदा समेत हरेक परिस्थितिमा,, पुण्य कर्मको आदेश दिने र नराम्रो कामबाट रोक्ने कार्य गर्नुपर्दछ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (56)
थप