+ -

عَنْ سَلَمَةَ بْنِ الْأَكْوَعِ رضي الله عنه:
أَنَّ رَجُلًا أَكَلَ عِنْدَ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ بِشِمَالِهِ، فَقَالَ: «كُلْ بِيَمِينِكَ»، قَالَ: لَا أَسْتَطِيعُ، قَالَ: «لَا اسْتَطَعْتَ»، مَا مَنَعَهُ إِلَّا الْكِبْرُ، قَالَ: فَمَا رَفَعَهَا إِلَى فِيهِ.

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2021]
المزيــد ...

सलमह बिन अक्वह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक देब्रे हातले खाना खायो । यो देखेर उहाँले भन्नुभयो: "दाहिने हातले खाऊ ।" उसले भन्यो: म (दायाँ हातले खान) सक्दिनं । उहाँले भन्नुभयो: "तिमी कहिल्यै सक्ने छैनौ ।" वास्तवमा, अहंकारले उसलाई त्यसो गर्नबाट रोकियो । हदीस बयान गर्नेले भने: त्यसपछि, त्यस व्यक्तिले आफ्नो दाहिने हात कहिल्यै मुखसम्म पुर्याउन सकेन।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2021]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक जना मानिसलाई आफ्नो देब्रे हातले खाना खाइरहेको देख्नुभयो र उसलाई दाहिने हातले खाना खान भन्नुभयो । तर अहङ्कारका कारण उसले त्यसो गर्न नसक्ने झूट बोल्यो । त्यसो सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसले कहिल्यै पनि आफ्नो दाहिने हातले खान सक्ने छैन भनी भन्नुभयो । अल्लाहले आफ्नो नबीको दुआ स्वीकार गर्नुभयो र उसको दाहिने हात बेकार भयो । त्यो व्यक्तिले फेरि कहिल्यै आफ्नो दाहिने हातलाई खान वा पिउन निमित्त मुखसम्म ल्याउन सकेन ।

हदीसका केही फाइदाहरू

  1. दाहिने हातले खानु अनिवार्य र देब्रे हातले खानु हराम हो ।
  2. अहंकारका कारणले शरियतका आदेशहरू पालना नगर्ने व्यक्ति सजायको हकदार हुन्छ।
  3. अल्लाहले आफ्नो रसुल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को दुआ स्वीकार गर्नुहुन्थ्यो । यो उहाँको लागि एक सम्मान थियो ।
  4. खाना खाँदा समेत हरेक परिस्थितिमा,, पुण्य कर्मको आदेश दिने र नराम्रो कामबाट रोक्ने कार्य गर्नुपर्दछ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप