+ -

عن سهل بن سعد رضي الله عنه عن رسول الله صلى الله عليه وسلم قال:
«مَنْ يَضْمَنْ لِي مَا بَيْنَ لَحْيَيْهِ وَمَا بَيْنَ رِجْلَيْهِ أَضْمَنْ لَهُ الْجَنَّةَ».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 6474]
المزيــد ...

सहल बिन साअ्द (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले मलाई आफ्नो दुई बङ्गारो बीचको चीज (जिब्रो, मुखको बोली ) र दुई तिघ्रा बीचको चीज (गुप्ताङ्ग) को सुरक्षाको ग्यारेन्टी दिन्छ, म उसलाई स्वर्गको ग्यारेन्टी दिन्छु ।"

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 6474]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुइटा कुराहरू बताउनुभएको छ, जसको पालना गर्ने व्यक्ति स्वर्गमा प्रवेश गर्नेछ ।
१- अल्लाहलाई क्रोधित गर्ने बोली वचन बाट जिब्रो (मुख)लाई बचाउनु ।
२- गुप्ताङ्गलाई व्यभिचार (र त्यही सेरोफेरोमा पर्न कार्यहरु) बाट सुरक्षित राख्नु ।
किनभने धेरैजसो पापहरू यी दुई अंगहरूबाट नै हुने गर्छन् ।

हदीसका केही फाइदाहरू

  1. जिब्रो (मुखको बोली) र गुप्तांगको रक्षा गर्नुले स्वर्गमा प्रवेश पाईन्छ ।
  2. जिब्रो (मुखको बोली) र गुप्तांगलाई विशेष रूपमा उल्लेख गरिएको छ; किनभने संसार र परलोकमा यी दुई अंगहरू (मानिसलाई हुने) यातनाको सबैभन्दा ठूलो कारण हुन् ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी الأكانية उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप