عن سهل بن سعد رضي الله عنه عن رسول الله صلى الله عليه وسلم قال:
«مَنْ يَضْمَنْ لِي مَا بَيْنَ لَحْيَيْهِ وَمَا بَيْنَ رِجْلَيْهِ أَضْمَنْ لَهُ الْجَنَّةَ».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 6474]
المزيــد ...

सहल बिन साअ्द (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले मलाई आफ्नो दुई बङ्गारो बीचको चीज (जिब्रो, मुखको बोली ) र दुई तिघ्रा बीचको चीज (गुप्ताङ्ग) को सुरक्षाको ग्यारेन्टी दिन्छ, म उसलाई स्वर्गको ग्यारेन्टी दिन्छु ।"

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 6474]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुइटा कुराहरू बताउनुभएको छ, जसको पालना गर्ने व्यक्ति स्वर्गमा प्रवेश गर्नेछ ।
१- अल्लाहलाई क्रोधित गर्ने बोली वचन बाट जिब्रो (मुख)लाई बचाउनु ।
२- गुप्ताङ्गलाई व्यभिचार (र त्यही सेरोफेरोमा पर्न कार्यहरु) बाट सुरक्षित राख्नु ।
किनभने धेरैजसो पापहरू यी दुई अंगहरूबाट नै हुने गर्छन् ।

हदीसका केही फाइदाहरू

  1. जिब्रो (मुखको बोली) र गुप्तांगको रक्षा गर्नुले स्वर्गमा प्रवेश पाईन्छ ।
  2. जिब्रो (मुखको बोली) र गुप्तांगलाई विशेष रूपमा उल्लेख गरिएको छ; किनभने संसार र परलोकमा यी दुई अंगहरू (मानिसलाई हुने) यातनाको सबैभन्दा ठूलो कारण हुन् ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप