+ -

عَنْ عَائِشَةَ أُمِّ المُؤمنينَ رضي الله عنها قَالَتْ:
كُنْتُ أَغْتَسِلُ أَنَا وَالنَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ مِنْ إِنَاءٍ وَاحِدٍ كِلاَنَا جُنُبٌ، وَكَانَ يَأْمُرُنِي، فَأَتَّزِرُ، فَيُبَاشِرُنِي وَأَنَا حَائِضٌ، وَكَانَ يُخْرِجُ رَأْسَهُ إِلَيَّ وَهُوَ مُعْتَكِفٌ فَأَغْسِلُهُ وَأَنَا حَائِضٌ.

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 299]
المزيــد ...

आस्थावानहरूकि आमा आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्,
म र नबी (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडामा नुहाउने गर्दथ्यौं, जबकि हामीदुवै जुन्बी (अपवित्र) हुन्थ्यौं । म महिनावारी भएको बेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश अनुसार आफ्नो गुप्ताङ्ग लुगाले छोप्थे र त्यसपछि उहाँ मसँग मुबाशरत (सम्भोग बाहेक अन्य यौन क्रियाकलापहरू) गर्नुहुन्थ्यो । उहाँ इतिकाफमा हुँदा आफ्नो शिर मतिर (मस्जिदबाट) बाहिर निकाल्नुहुन्थ्यो र म महिनावारी हुँदा पनि उहाँको शिर धुने गर्थे ।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 299]

व्याख्या

उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग आफ्ना केही विशेष अवस्थाहरू उल्लेख गरेकी छिन्, त्यसमध्ये एउटा के छ भने सम्भोगपछिको अपवित्रतालाई हटाउन दुवै जना संगै एउटै भाँडोबाट पानी लिएर नुहाउने गर्थे । उनी महिनावारी भएको बेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनीसँग माया गर्न खोज्दा उनको शरीरलाई नाभिदेखि घुँडासम्म छोप्न आदेश दिनुहुन्थ्यो र सम्भोग बाहेक अन्य यौन क्रियाकलापहरू गर्नुहुन्थ्यो । उहाँ मस्जिदमा इतिकाफमा हुँदा आफ्नो शिर आइशा (रजियल्लाहु अन्हा) तिर बाहिर निकाल्नुहुन्थ्यो र उनी आफ्नो घरमा महिनावारी भएको बेला उहाँको शिरलाई धुने गर्थिन् ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف युक्रेनी الجورجية
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. पति पत्नी एउटै भाँडोबाट नुहाउनु जायज हो ।
  2. महिनावारी भएकी महिलासँग गुप्ताङ्ग बाहेक माया गर्न पाइन्छ र उनको शरीर शुद्ध हुन्छ ।
  3. महिनावारी भएकी महिलाले आफ्नो गोप्य भागमा कपडा बाँधेर बस्नु मुस्तहब हो ।
  4. हराम कार्यहरूमा पर्नुबाट जोगिनको लागि उपायहरू अपनाउनु पर्छ ।
  5. महिनावारी भएकी महिला मस्जिदमा बस्न पाउँदैनन् ।
  6. महिनावारी भएकी महिलाले भिजेको र सुक्खा वस्तु छुन सक्छिन्, जस्तै कपाल धुनु र काईयोले कपाल मिलाउनु ।
  7. आफ्नो परिवारप्रति नबी (सल्लल्लाहु अलैहि वसल्लम) को राम्रो व्यवहार ।