عَنْ أَبِي بَكْرٍ الصِّدِّيقِ رضي الله عنه أَنَّهُ قَالَ: أَيُّهَا النَّاسُ، إِنَّكُمْ تَقْرَؤُونَ هَذِهِ الآيَةَ: {يَا أَيُّهَا الَّذِينَ آمَنُوا عَلَيْكُمْ أَنْفُسَكُمْ لاَ يَضُرُّكُمْ مَنْ ضَلَّ إِذَا اهْتَدَيْتُمْ}، وَإِنِّي سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«إِنَّ النَّاسَ إِذَا رَأَوْا الظَّالِمَ فَلَمْ يَأْخُذُوا عَلَى يَدَيْهِ أَوْشَكَ أَنْ يَعُمَّهُمُ اللَّهُ بِعِقَابٍ مِنْهُ».

[صحيح] - [رواه أبو داود والترمذي والنسائي في الكبرى وابن ماجه وأحمد] - [سنن الترمذي: 2168]
المزيــد ...

अबू-बकर सिद्दीक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने: हे मानिसहरू! तपाईंहरु यो आयत पढ्नुहुन्छ: {हे आस्थावानहरू हो, आफ्नो चिन्ता गर, यदि तिमी सही बाटोमा छौ भने पथभ्रष्टहरूले तिमीहरूलाई कुनै हानि पुर्याउन सक्दैनन् }, र मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो भन्दै गरेको सुनेको छु:
"जब मानिसहरूले अत्याचारीलाई अन्याय गरिरहेको देख्छन् र उसलाई रोक्दैनन् भने सम्भावना हुन्छ कि छिट्टै नै अल्लाहले उनीहरूमाथि यातना पठाउनु हुनेछ।"

[सही] - [अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 2168]

व्याख्या

अबू-बकर सिद्दीक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि मानिसहरूले यो आयत पढ्छन्:
{हे आस्थावानहरू हो ! तिमीहरू आफ्नो चिन्ता गर; यदि तिमीहरू मार्गनिर्देशित छौ भने, पथभ्रष्टहरूले तिमीहरूलाई कुनै हानि पुऱ्याउने छैनन् ।} [अल-माइदह: १०५]
केही मानिसहरूले यो आयतको अर्थ यसरी लिन्छन् कि मानिसले केवल आफ्नो आत्म-सुधारमा मात्र ध्यान दिनुपर्छ, र त्यसपछि अरू कोही मार्गभ्रष्ट भए पनि त्यसले उसलाई कुनै हानि हुने छैन, र त्यसैगरी उनीहरूमाथि 'सत्कर्मको आदेश दिने र दुष्कर्मबाट मनाही' गर्ने जिम्मेवारी रहँदैन!
तर, अबू बकर (रजियल्लाहु अन्हु) ले स्पष्ट पार्नुभयो कि आयतको अर्थ त्यस्तो होइन बरु उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनेको थिए: जब मानिसहरूले अत्याचारीलाई अन्याय गरिरहेको देख्छन् र रोक्न सक्ने शक्ति हुँदाहुँदै पनि रोक्दैनन्, तब अल्लाहले अत्याचार गर्ने र त्यसबारे मौन बस्ने सबैलाई सजाय दिने सम्भावना हुन्छ।

हदीसका केही फाइदाहरू

  1. एकअर्काप्रति सद्भावना राख्नु, असल कार्यको आदेश दिनु र गलत कार्यबाट रोक्नु मुस्लिमहरूको कर्तव्य हो।
  2. अल्लाहको अजाब (सजाय) अत्याचारीलाई उसको अन्यायका कारण र रोक्ने शक्ति हुँदाहुँदै पनि आवाज नउठाउने व्यक्ति, दुवैका लागि हुन्छ।
  3. सामान्य मानिसहरूलाई असल ज्ञान र कुर्आनको सही अर्थ र व्याख्या सिकाउनु पर्छ ।
  4. मानिसले अल्लाहको किताबलाई बुझ्नमा ध्यान दिनु आवश्यक छ, ताकि त्यसलाई अल्लाहले चाहनुभएको अर्थभन्दा फरक ढङ्गले नबुझियोस्।
  5. असल कुराको उपदेश दिने र नराम्रो कामबाट मनाही गर्ने कार्य छोडेमा मार्गदर्शन प्राप्त हुँदैन।
  6. यो आयतको सही व्याख्या के हो भने: तपाईंहरूले आफूलाई पापहरूबाट बचाउन प्रतिबद्ध हुनुपर्छ। यदि तपाईंले आफूलाई संयमित राख्नुभयो भने, तपाईँहरूले सत्कर्मको आदेश दिन र दुष्कर्मबाट रोक्न नसके पनि तपाईँहरूलाई कुनै हानि हुनेछैन । जब तपाईँहरू स्वयं ती निषिद्ध कुराहरूबाट बच्नका लागि मार्गदर्शित हुनुहुन्छ, तब ती निषिद्ध कुराहरू गरेर कोही पथभ्रष्ट हुन्छ भने त्यसले तपाईँहरूलाई कुनै हानि पुऱ्याउँदैन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (53)