+ -

عَنْ أَبِي بَكْرٍ الصِّدِّيقِ رضي الله عنه أَنَّهُ قَالَ: أَيُّهَا النَّاسُ، إِنَّكُمْ تَقْرَؤُونَ هَذِهِ الآيَةَ: {يَا أَيُّهَا الَّذِينَ آمَنُوا عَلَيْكُمْ أَنْفُسَكُمْ لاَ يَضُرُّكُمْ مَنْ ضَلَّ إِذَا اهْتَدَيْتُمْ}، وَإِنِّي سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«إِنَّ النَّاسَ إِذَا رَأَوْا الظَّالِمَ فَلَمْ يَأْخُذُوا عَلَى يَدَيْهِ أَوْشَكَ أَنْ يَعُمَّهُمُ اللَّهُ بِعِقَابٍ مِنْهُ».

[صحيح] - [رواه أبو داود والترمذي والنسائي في الكبرى وابن ماجه وأحمد] - [سنن الترمذي: 2168]
المزيــد ...

अबू-बकर सिद्दीक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनले भने: हे मानिसहरू, तपाईंहरु यो आयत पढ्नुहुन्छ: {हे मुमिनहरू, आफ्नो पर्वाह गर्नुहोस्, यदि तिमीहरू मार्गनिर्देशित छौ भने पथभ्रष्टहरूले तिमीहरूलाई कुनै हानि गर्ने छैनन्} । मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनेको छु, उहाँले भन्नुभयो:
"जब मानिसहरूले अत्याचारीलाई अन्याय गरेको देख्छन् र उसलाई रोक्दैनन् भने सम्भव छ अल्लाहले ती सबै मानिसहरूमाथि आफ्नो दण्ड पठाउनेछ ।"

[सही] - [इब्ने माजहले वर्णन गरेका छन् - तिर्मीजीले वर्णन गरेका छन् - अबू दाऊदले वर्णन गरेका छन् - अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 2168]

व्याख्या

अबू-बकर सिद्दीक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् : मानिसहरूले यो आयत पढ्छन्:
{हे मुमिनहरू, आफ्नो पर्वाह गर्नुहोस्, यदि तिमीहरू मार्गनिर्देशित छौ भने पथभ्रष्टहरूले तिमीहरूलाई कुनै हानि गर्ने छैनन्} [अल-माइदह: १०५]
यो आयातबाट केही मानिसहरूले के बुझ्छन् भने मानिसले केवल आफ्नो सुधार गर्नु पर्याप्त हो । त्यसपछि कोही गलत काम गर्छ भने उसलाई कुनै हानि हुने छैन र उनीहरूलाई असल कुराको आज्ञा दिने र नराम्रो कुराबाट रोक्ने उसको जिम्मेवारी होइन!
सुन, कुरा त्यस्तो होइन, यो उनीहरूको भ्रम मात्र हो । उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने: जब मानिसहरूले अत्याचारीलाई अन्याय गरेको देख्छन् र रोक्न सक्ने शक्ति हुँदाहुँदै पनि रोक्दैनन् भने अल्लाहले अन्याय गर्ने र मौन बस्ने सबैलाई सजाय दिनुहुनेछ सम्भावना हुन्छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा एल्ड्रेया सोमाली रोमानियन ओरोमो
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. एकअर्कालाई सल्लाह दिनु, असल कुराको आदेश दिनु र गलतबाट रोक्नु मुस्लिमहरूको कर्तव्य हो ।
  2. अल्लाहको अजाब (सजाय) अत्याचारीलाई उसको अन्यायले गर्दा र रोक्न सक्ने शक्ति हुँदाहुँदै पनि आवाज नउठाउने दुवैलाई समान हुन्छ ।
  3. जनतालाई असल ज्ञान र कुर्आनको सही अर्थ र व्याख्या सिकाउनु पर्छ ।
  4. मानिसले अल्लाहको पुस्तकको अर्थ बुझ्न ध्यान दिनुपर्छ, ताकि उसले सर्वशक्तिमान् अल्लाहको अभिप्राय बाहेक अन्य तरिकाले नबुझोस् ।
  5. असल कुराको उपदेश र नराम्रो कामलाई निषेध गर्न छोडेमा मार्गदर्शन प्राप्त हुँदैन ।
  6. आयातको सही व्याख्या: आफुलाई पापबाट बचाउन प्रतिबद्ध हुनुहोस्, जब तपाईं आफुलाई पापबाट बचाउनु हुन्छ र असल कुराको उपदेश दिन र नराम्रो कामलाई निषेध गर्न असमर्थ हुनु भयो भने उनीहरूको पथभ्रष्टताले तपाईंलाई कुनै हानि गर्दैन भन्ने हो ।