उप-श्रेणीहरू

हदीसहरूको सूची

वास्तवमा, मोनाफिक (पाखंडी) हरूका लागि सबैभन्दा भारी सलाह भनेको ईशा र फजरका नमाज हुन् । यदि तिनीहरूले यी प्रार्थनाहरूको महत्व थाहा पाएको भए घस्रेर भए पनि आउने थिए
عربي अंग्रेजी उर्दू
दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।
عربي अंग्रेजी उर्दू
जसले बिहानको सलाह पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ
عربي अंग्रेजी उर्दू
यदि मैले अनिवार्य सलाह (नमाज) हरू कायम गरें, रमजानमा उपवास राखें र हलाल (वैध) लाई हलाल माने र हरामलाई त्यागे
عربي अंग्रेजी उर्दू
तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई (ती शब्दहरुको वाचनको प्रतिफल र अल्लाहको महिमा ले) भरि दिन्छ
عربي अंग्रेजी उर्दू
कुन कर्म अल्लाहलाई सबैभन्दा प्रिय छ? उहाँले जवाफ दिनुभयो: "समयमा सलाह पढ्नु ।" त्यसपछि के? उहाँले भन्नुभयो: "आमाबाबुसँग राम्रो व्यवहार गर्नु ।" त्यसपछि के? उहाँले जवाफ दिनुभयो: "अल्लाहको मार्गमा जिहाद (युद्ध) गर्नु
عربي अंग्रेजी उर्दू
मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संग अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भन्ने गवाही दिने, नमाज स्थापना गर्ने, जकात तिर्ने, शासक प्रति वफादारी गर्ने र हरेक मुस्लिमको कल्याण गर्नेछु भनेर बैअत (प्रतिज्ञा) गरें ।
عربي अंग्रेजी उर्दू
तिमीहरूलाई के लाग्छ, यदि तिमीहरूमध्ये कसैको ढोकामा खोला बग्छ र उसले दिनमा पाँच पटक नुहाउँछ भने के उसको शरीरमा फोहोरको कुनै निशान रहन्छ
عربي अंग्रेजी उर्दू
जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग वोजू गर्छ र नम्रताका साथ राम्रोसँग रूकु र सज्दा गरी सलाह पढ्छ भने त्यो नमाज उसको अघिल्लो पापहरूका लागि प्रायश्चित हुन्छ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन र यो सधैं हुनेछ ।
عربي अंग्रेजी उर्दू
हे बिलाल! नमाज स्थापना गर र यसद्वारा हामीलाई शान्ति दिऊ ।
عربي अंग्रेजी उर्दू