+ -

عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه أَنَّهُ سَمِعَ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«أَرَأَيْتُمْ لَوْ أَنَّ نَهَرًا بِبَابِ أَحَدِكُمْ يَغْتَسِلُ فِيهِ كُلَّ يَوْمٍ خَمْسًا، مَا تَقُولُ ذَلِكَ يُبْقِي مِنْ دَرَنِهِ؟» قَالُوا: لَا يُبْقِي مِنْ دَرَنِهِ شَيْئًا، قَالَ: «فَذَلِكَ مِثْلُ الصَّلَوَاتِ الخَمْسِ، يَمْحُو اللَّهُ بِهِ الخَطَايَا».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 528]
المزيــد ...

अबू हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नुभएको छ, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने, उहाँले भन्नुभयो :
"तिमीहरू के सोच्छौ, यदि तिमीहरूमध्ये कसैको घरको ढोका नजिकैबाट एउटा नदी बगिरहेको होस् र ऊ दिनको पाँच पटक त्यसमा नुहाउँछ भने, के उसको शरीरमा कुनै मैलो बाँकी रहन्छ? उनीहरूले जवाफ दिए: "कुनै मैलो बाँकी रहँदैन।" उहाँले भन्नुभयो: "पाँचवटा नमाजको उदाहरण त्यस्तै हो। यसद्वारा अल्लाहले सम्पूर्ण पापहरू मेटाइदिनुहुन्छ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 528]

व्याख्या

यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दिन र रातमा पाँच पटक नमाज पढ्नाले साना पाप र गल्तीहरू मेटिने कुराको तुलना, कसैको घरको अगाडि बगिरहेको नदीमा उसले दिनमा पाँच पटक नुहाउँदा शरीरमा कुनै पनि फोहोर बाँकी नरहने अवस्थासँग गर्नुभएको छ।

हदीसका केही फाइदाहरू

  1. यो विशेष कृपा साना पापहरूको क्षमामा मात्र लागू हुन्छ; ठूला पापहरूको क्षमाको लागि भने इमानदारीपूर्वक तौबा (पश्चात्ताप) गर्नु अनिवार्य छ।
  2. यस हदीसले दैनिक पाँच नमाजहरू त्यसका सर्तहरू, (रुक्न) स्तम्भहरू, (वाजिब) अनिवार्य कार्यहरू र सुन्नतहरूको पालनाका साथ पढ्ने कार्यको उत्कृष्टता प्रस्ट हुन्छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप