+ -

عن سالم بن أبي الجَعْدِ قال: قال رجل: ليتني صَلَّيتُ فاسترحْتُ، فكأنّهم عابُوا ذلك عليه، فقال: سمعتُ رسولَ الله صلى الله عليه وسلم يقول:
«يا بلالُ، أقِمِ الصَّلاةَ، أرِحْنا بها».

[صحيح] - [رواه أبو داود]
المزيــد ...

सालिम बिन अबु जाअ्दले वर्णन गरेका छन्, एक व्यक्तिले भने : म सलाह पढेर राहत पाउन चाहन्छु । तर उनीहरूले उनको भनाइलाई नराम्रो रूपमा लिए । उनले भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"हे बिलाल! नमाज स्थापना गर र यसद्वारा हामीलाई शान्ति दिऊ ।"

सही - अबू दाऊदले वर्णन गरेका छन्

व्याख्या

एक सहाबीले भने: म सलाह पढेर राहत पाउन चाहन्छु, तब वरपरका केही मानिसहरूले उनको भनाइलाई नराम्रो ठाने । त्यसपछि उनले भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : ए बिलाल! सलाहको लागि अजान देऊ र सलाह कायम गर, ताकि हामीले यसबाट शान्ति पाउन सकौं; किनभने सलाहमा अल्लाहसँग कुराकानी र कानाफूसीहरू हुन्छन् र आत्मा र हृदयलाई शान्ति मिल्छ ।

अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया उइघुर बंगाली टर्की सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली किन्यारवाण्डा
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. सलाहमा अल्लाहसँग कुराकानी भएकोले आत्मा र हृदयलाई शान्ति मिल्छ ।
  2. उपासनालाई बेवास्ता गर्नेहरूको खण्डन ।
  3. जसले आफ्नो कर्तव्यको पालना गर्दै आफ्नो दायित्व निर्वाह गर्छ भने उसलाई एक प्रकारको राहत र सन्तुष्टिको अनुभूति हुन्छ ।
थप