عن سالم بن أبي الجَعْدِ قال: قال رجل: ليتني صَلَّيتُ فاسترحْتُ، فكأنّهم عابُوا ذلك عليه، فقال: سمعتُ رسولَ الله صلى الله عليه وسلم يقول:
«يا بلالُ، أقِمِ الصَّلاةَ، أرِحْنا بها».

[صحيح] - [رواه أبو داود] - [سنن أبي داود: 4985]
المزيــد ...

सालिम बिन अबु जाअ्दले बयान गरेका छन्, एक व्यक्तिले भने : म नमाज पढेर राहत पाउन चाहन्छु । तर उनीहरूले उनको भनाइलाई नराम्रो रूपमा लिए । उनले भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"हे बिलाल! नमाजको कायम/आह्वान गर (अजान देऊ) र यसद्वारा हामीलाई शान्ति दिऊ ।"

[सही] - [अबू दाऊदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 4985]

व्याख्या

एक सहाबीले भने: म नमाज पढेर राहत पाउन चाहन्छु, तब वरपरका केही मानिसहरूले उनको भनाइलाई नराम्रो ठाने । त्यसपछि उनले भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : ए बिलाल! नमाज लागि अजान देऊ र नमाज कायम गर, ताकि हामीले यसबाट शान्ति पाउन सकौं; किनभने नमाज मा अल्लाहसँग कुराकानी हुन्छन् र आत्मा र हृदयलाई शान्ति मिल्छ ।

हदीसका केही फाइदाहरू

  1. नमाज मा अल्लाहसँग कुराकानी हुने भएकोले आत्मा र हृदयलाई शान्ति मिल्छ ।
  2. उपासनालाई बेवास्ता गर्नेहरूको खण्डन ।
  3. जसले आफ्नो कर्तव्यको पालना गर्दै आफ्नो दायित्व निर्वाह गर्छ भने उसलाई एक प्रकारको राहत र सन्तुष्टिको अनुभूति हुन्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (57)
थप