+ -

عن أَبِي مُوسَى الأَشْعَرِيِّ رضي الله عنه: أَنَّ رَسُولَ اللهِ صلى الله عليه وسلم قَالَ:
«مَنْ صَلَّى ‌الْبَرْدَيْنِ دَخَلَ الْجَنَّةَ»

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 574]
المزيــد ...

अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले दुई शीतल समयको नमाज पढ्छ ऊ जन्नतमा प्रवेश गर्नेछ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 574]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसहरूलाई दुई शीतल समयको नमाज पढ्न प्रेरित गर्नुभयो, जुन फज्र र अस्रको सलाह हो । जसले यी दुई सलाह समय, जमात र अन्य चीजहरूको पालन गर्दै पढ्छ, ऊ जन्नतमा प्रवेश गर्नेछ भनेर शुभसमाचार दिनुभयो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा एल्ड्रेया सोमाली रोमानियन ओरोमो
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. फज्र र अस्रको सलाहलाई संरक्षण गर्ने सद्गुण; किनकि बिहानको सलाहको समयमा निद्रा रमाइलो हुन्छ र अस्रको समयमा मानिस आफ्नो काममा व्यस्त हुन्छ । त्यसैले जसले यी सलाहहरूलाई हिफाजत गर्छ उसले बाँकी सलाहहरूलाई झन् पावन्दीका सथा अदा गर्छ ।
  2. फजर र अस्रको सलाहलाई 'बरदैन' (शीतल) भनिन्छ; किनभने बिहानको सलाहमा रातको शीतलता हुन्छ र दिउँसोको सलाहमा दिनको शीतलता हुन्छ, चाहे यो अलि तातो समयमा भए पनि अघिको समय भन्दा हल्का हुन्छ । वा यसको नामकरण प्रभुत्वले गर्दा गरिएको हो, जस्तै सूर्य र चन्द्रमालाई 'कमरान' दुई चन्द्रमा भनिन्छ ।
थप