+ -

عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«مَنْ يَقُمْ لَيْلَةَ الْقَدْرِ إِيمَانًا وَاحْتِسَابًا غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ»

[صحيح] - [متفق عليه]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले ‘लैलतुल-क्द्र’ (सम्मानित रात) मा आस्था र पुण्यको आशाका साथ कियाम (उपासना) गर्दछ, उसका अघिल्ला पापहरू क्षमा गरिनेछ ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) यहाँ ‘लैलतुल-क्द्र’ (सम्मानित रात) को पुण्य वर्णन गर्दै हुनुहुन्छ, जुन रमजान महिनाको अन्तिम दस रातहरू मध्ये एक हो । यस रातको सद्गुण के छ भने जसले यस रातको पुण्यमा विश्वास गर्दछ र अल्लाह तआलाको खुशी प्राप्त गर्ने उद्देश्यले यसमा उठ्छ, नमाज पढ्छ, प्रार्थना गर्छ, कुरआन पढ्छ, जिक्र र अजकार गर्दछ, कपट र देखावटीबाट टाढा रहन्छ भने उसका विगतका पापहरू क्षमा हुनेछन् ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. ‘लैलतुल-क्द्र’ (सम्मानित रात) को पुण्य र यसमा जागृत रहन र प्रार्थना गर्न प्रोत्साहन ।
  2. असल कर्महरू तब मात्र स्वीकृत हुन्छ जब ती राम्रो नियतले गरिन्छ ।
  3. अल्लाहको असीम कृपा र दया । किनभने जसले ‘लैलतुल-क्द्र’ (सम्मानित रात) मा आस्था र पुण्यको आशाका साथ कियाम (उपासना) गर्दछ, उसका अघिल्ला पापहरू क्षमा गरिन्छ ।