+ -

عَنْ عَائِشَةَ رَضِيَ اللَّهُ عَنْهَا أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«تَحَرَّوْا لَيْلَةَ القَدْرِ فِي الوِتْرِ مِنَ العَشْرِ الأَوَاخِرِ مِنْ رَمَضَانَ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 2017]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"रमजानको अन्तिम दश दिनको बिजोर रातहरूमा शब-ए-कद्र खोज।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 2017]

व्याख्या

अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सकेसम्म धेरै असल कामहरू गरेर लैलतुल-कद्र खोज्न प्रयास गर्न प्रेरित गर्नुभयो। हरेक वर्ष लैलतुल-कद्र रमजानको अन्तिम दश दिनको बिजोर रातहरूमध्ये एकमा पर्छ, यी हुन्: एक्काइसौं, तेइसौं, पच्चीसौं, सत्ताइसौं र उनन्तीसौं रातहरू।

हदीसका केही फाइदाहरू

  1. शब-ए-कद्रको पुण्य र यसलाई खोज्ने प्रेरणा।
  2. अल्लाहको बुद्धिमत्ता र दया कि यो रातलाई लुकाउनुभयो, ताकि मानिसहरूले यसको खोजीमा लगनशीलतापूर्वक उहाँको उपासना गर्न सकून् र बढी पुण्य प्राप्त गर्न सकून्।
  3. शब-ए-कद्र रमजानको अन्तिम दश रातहरू मध्ये एकमा पर्छ। अन्तिम दश रातहरू मध्ये एक बिजोर रात हुने सम्भावना बढी हुन्छ।
  4. रमजानको अन्तिम दश रातहरू मध्ये एक कदरको रात हो। यो त्यो रात हो जुन दिन अल्लाहले आफ्ना नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि कुरान अवतरित गर्नुभयो र यसलाई बरकत (आशीर्वाद), यसको महान मूल्य र त्यसमा गरिएका सत्कर्महरूको प्रभावको हिसाबले हजार रातहरू भन्दा उत्तम घोषित गर्नुभएको छ।
  5. यस रातलाई लैलतुल-कद्र भनिन्छ या त यसको सद्गुण र सम्मानको कारणले। अरबीमा भनिएको छ: फलानु अज़ीमुल्-कद्र अर्थातः"फलाना ठूलो सम्मान र हैसियत भएको व्यक्ति हो।" त्यसैले यो रातलाई यसको विशेषता अनुसार नाम दिइएको हो। अर्थात् ‘श्रेष्ठ रात’। यसको अर्थ यो रात सम्मान, गरिमा, महानता र उच्च स्थानमा अत्यन्त महान छ।" अल्लाहले भन्नुभएको छ : "वास्तवमा, हामीले यसलाई एक धन्य रातमा अवतरण गर्यौं।" [सूरह अद-दुखान: ३] अर्थात्, हामीले यसलाई एउटा पवित्र रातमा अवतरण गर्यौं। "वा त यसलाई ‘तक़दीर’ (भाग्यको लेखा) को अर्थमा बुझिन्छ। यस अवस्थामा यसको नामकरण ‘लैलतुल्-कद्र’ भन्नुको कारण यो रातमा वर्षभरि हुने घटनाहरूको लेखा र निर्णय गरिन्छ। अल्लाहले भन्नुभएको छ: ‘यस ( रात ) मा प्रत्येक तत्वदर्शितायुक्त मामलाको निर्णय गरिन्छ । (सूरह अद्-दुखान: ४)।"
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती एल्ड्रेया रोमानियन हंगेरी الموري मालागासी कन्नड الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप