عَنْ عَائِشَةَ رَضِيَ اللَّهُ عَنْهَا أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«تَحَرَّوْا لَيْلَةَ القَدْرِ فِي الوِتْرِ مِنَ العَشْرِ الأَوَاخِرِ مِنْ رَمَضَانَ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 2017]
المزيــد ...
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"रमजान महिनाको अन्तिम दस दिनका बिजोर रातहरूमा 'लैलातुल कद्र' लाई भेट्टाउन प्रयास गर।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 2017]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले रमजानको हरेक वर्षको अन्तिम दस दिनका बिजोर रातहरूमा धेरै भन्दा धेरै असल कार्यहरू गरेर लैलातुल कद्र (शबे कद्र) लाई खोज्ने र प्राप्त गर्ने प्रयास गर्न प्रोत्साहित गर्नुभएको छ। र ती बिजोर रातहरू: एक्कासौँ, तेइसौँ, पच्चिसौँ, सत्ताइसौँ र उनन्तीसौँ रातहरू हुन्, जसमा यो रात पर्ने बढी सम्भावना हुन्छ।