عَنْ عَائِشَةَ أُمِّ المُؤْمِنينَ رَضِيَ اللهُ عَنْهَا قَالَتْ:
كَانَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ إِذَا دَخَلَ الْعَشْرُ أَحْيَا اللَّيْلَ، وَأَيْقَظَ أَهْلَهُ، وَجَدَّ وَشَدَّ الْمِئْزَرَ.
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1174]
المزيــد ...
सम्पूर्ण मुमिनहरूको आमा आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्,
"जब रमजानको अन्तिम १० दिन सुरु हुन्थ्यो, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रातभरि जागा बसेर उपासना गर्नुहुन्थ्यो, आफ्ना परिवारका सदस्यहरूलाई पनि ब्युँझाउनुहुन्थ्यो र कम्मर कसेर पूर्ण लगनशीलताका साथ उपासना गर्नुहुन्थ्यो।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1174]
जब रमजानको अन्तिम दश रातहरू आउँथे, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले रातभरि विभिन्न प्रकारका उपासनाहरू गर्नुहुन्थ्यो र आफ्नो परिवारलाई पनि उपासना गर्नको लागि उठाउनुहुन्थ्यो। उहाँ उपासनामा सामान्य बानीभन्दा बढी उपासनामा कडा परिश्रम गर्नुहुन्थ्यो; र उहाँ यसैमा पूर्ण रूपमा समर्पित हुनुहुन्थ्यो र आफ्ना पत्नीहरूबाट अलग रहनुहुन्थ्यो।