عَنْ جَرِيرٍ رضي الله عنه عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَنْ يُحْرَمِ الرِّفْقَ يُحْرَمِ الْخَيْرَ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2592]
المزيــد ...

जरीर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जो विनम्रताबाट वञ्चित छ, त्यो सबै भलाइबाट वञ्चित छ ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2592]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि जो व्यक्ति नम्रता र दयाबाट वञ्चित हुन्छ—चाहे त्यो धार्मिक मामिलामा होस् वा सांसारिक कार्यहरूमा, र चाहे व्यक्तिगत आचरणमा होस् वा अरूसँगको व्यवहारमा—ऊ वास्तवमा सम्पूर्ण भलाईबाट वञ्चित रहन्छ।

हदीसका केही फाइदाहरू

  1. यसमा नम्रता र विनयशीलताको महत्व प्रष्ट पारिएको छ। साथै, यो आचरणलाई आफ्नो जीवनमा आत्मसात् गर्न प्रोत्साहन दिँदै हिंसा तथा कठोरताको पूर्णतः खण्डन गरिएको छ।
  2. कोमलता र नरम व्यवहार अपनाउँदा यस संसार र परलोक दुवैको भलाइ र कल्याण सुव्यवस्थित हुन्छ, साथै मामिलाहरूमा सहजता र विस्तार प्राप्त हुन्छ। तर, कठोरता र उग्र व्यवहारले ठीक यसको विपरीत हुन्छ।
  3. विनम्र, उच्च आचरण र उत्कृष्ट व्यवहारले नम्रता आउँछ, जबकि क्रोध, क्रूरता र असभ्यताबाट हिंसा उत्पन्न हुन्छ, यसै कारणले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले विनम्रताको प्रशंसा गर्नुका साथै यसको महत्त्वमाथि विशेष जोड दिनुभएको छ।
  4. सुफयान सौरी (रहिमहल्लाह) ले आफ्ना साथीहरूलाई भन्नुभयो:
  5. “के तिमीहरूलाई थाहा छ सुशीलता (रिफ्क) भनेको के हो? यसको अर्थ हरेक कुरालाई त्यसको उचित स्थानमा राख्नु हो: जहाँ कठोरता आवश्यक छ, त्यहाँ कठोरता अपनाउनु; जहाँ नम्रता आवश्यक छ, त्यहाँ नम्रता अपनाउनु; जहाँ तरबारको प्रयोग आवश्यक छ, त्यहाँ तरबार प्रयोग गर्नु; र जहाँ कोर्राको प्रयोग आवश्यक छ, त्यहाँ कोर्रा प्रयोग गर्नु।”
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (50)
थप