عَنْ جَرِيرٍ رضي الله عنه عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَنْ يُحْرَمِ الرِّفْقَ يُحْرَمِ الْخَيْرَ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2592]
المزيــد ...
जरीर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जो विनम्रताबाट वञ्चित छ, त्यो सबै भलाइबाट वञ्चित छ ।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2592]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि जो व्यक्ति नम्रता र दयाबाट वञ्चित हुन्छ—चाहे त्यो धार्मिक मामिलामा होस् वा सांसारिक कार्यहरूमा, र चाहे व्यक्तिगत आचरणमा होस् वा अरूसँगको व्यवहारमा—ऊ वास्तवमा सम्पूर्ण भलाईबाट वञ्चित रहन्छ।