+ -

عَنْ أَبِي حَازِمٍ قَالَ: قَاعَدْتُ أَبَا هُرَيْرَةَ رضي الله عنه خَمْسَ سِنِينَ، فَسَمِعْتُهُ يُحَدِّثُ عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، قَالَ:
«كَانَتْ بَنُو إِسْرَائِيلَ تَسُوسُهُمُ الأَنْبِيَاءُ، كُلَّمَا هَلَكَ نَبِيٌّ خَلَفَهُ نَبِيٌّ، وَإِنَّهُ لاَ نَبِيَّ بَعْدِي، وَسَيَكُونُ خُلَفَاءُ فَيَكْثُرُونَ» قَالُوا: فَمَا تَأْمُرُنَا؟ قَالَ: «فُوا بِبَيْعَةِ الأَوَّلِ فَالأَوَّلِ، أَعْطُوهُمْ حَقَّهُمْ، فَإِنَّ اللَّهَ سَائِلُهُمْ عَمَّا اسْتَرْعَاهُمْ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 3455]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अबू हाजिम बताउँछन्: मलाई पाँच वर्षसम्म अबू हुरैरा (रजियल्लाहु अन्हु) सँग बस्ने मौका मिल्यो।त्यस अवधिमा मैले उहाँलाई नबी ﷺ बाट सुनाएको हदीसहरू बयान गर्न सुनेँ। उहाँले भन्नुभयो…”
"बनी इस्राईललाई पैगम्बरहरूले नेतृत्व गर्थे। जब ​​कुनै नबीको मृत्यु हुन्थ्यो, तब अर्को नबी उनको उत्तराधिकारी हुन्थे। तर म पछि कोही नबी हुनेछैन। यद्यपि, म पछि खलीफाहरू हुनेछन् र तिनीहरू असंख्य हुनेछन्।" सहाबा हरूले सोधे: हे नबी (सल्लल्लाहु अलैहि वसल्लम)! तिनीहरूको बारेमा तपाईं हामीलाई के आदेश दिनुहुन्छ? उहाँले भन्नुभयो: "जसको पहिला तिमीले प्रतिज्ञा गर्छौ, उसको प्रतिज्ञा पूरा गर, त्यसपछि उसपछिको प्रतिज्ञा गर्नु। त्यसपछि तिनीहरूलाई उनीहरूको हक दिनु। किनकि अल्लाहले ती व्यक्तिहरूको बारेमा सोध्नेछन् जसमाथि उनले तिनीहरूलाई संरक्षक बनाएका थिए।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 3455]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, बनी इस्राईल (इस्राएलका सन्तानहरू)लाई पैगम्बरहरूले नेतृत्व गर्थे। नबीहरूले आफ्नो जनताको मामिलासबै त्यसरी नै गर्थे जसरी शासक र गभर्नरहरूले आफ्ना प्रजाहरूको व्यवस्थापन गर्छन्। जब पनि इस्राएलका सन्तानहरूमा कुनै भ्रष्टाचार हुन्थ्यो, अल्लाहले एक नबी पठाउनुहुन्थ्यो जसले उनीहरूको व्यवस्था पुनःस्थापना गर्थे र उनीहरूले बदलिएका नियमहरूलाई सुधार गर्थे।” तर मेरो उम्मत (अनुयायी) मा यो काम गर्ने म पछि कोही नबी हुनेछैन। म पछि खलीफाहरू हुनेछन्, जो ठूलो संख्यामा हुनेछन् र तिनीहरूको मतभेद र विवाद पनि देखा पर्नेछ। त्यसैले सहाबाहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: यस्तो अवस्थामा तपाईं हामीलाई के गर्न आदेश दिनुहुन्छ? उहाँले जवाफ दिनुभयो: जब एक खलीफा पछि अर्को खलीफाको शपथ लिइन्छ, तब पहिलो खलीफाप्रति वफादारीको शपथ मान्य हुन्छ र यसलाई पूरा गर्नुपर्छ, जबकि दोस्रो खलीफाप्रति वफादारीको शपथ अमान्य हुन्छ र यस्तो शपथ लिन निषेध गरिएको छ। हेर, खलीफाहरूलाई उनीहरूको अधिकार देऊ, उनीहरूको आज्ञा पालन गर र पाप बाहेक सबै कुरामा उनीहरूको कुरा मान । किनकि अल्लाहले उनीहरूलाई प्रश्न गर्नुहुनेछ र तिमीहरूले गरेको कामप्रति उनीहरूलाई जवाफदेही बनाउनुहुनेछ।

हदीसका केही फाइदाहरू

  1. मानिसहरूको लागि एक जना नबी वा खलीफा हुनु पर्छ, जसले उनीहरूको मामिला सम्हाल्न र उनीहरूलाई सही बाटो देखाउन सकोस्।
  2. हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) पछि कोही नबी हुनेछैनन्।
  3. यो हदीसले शरिया कानून मार्फत प्रमाणित भएको व्यक्तिको विरुद्धमा विद्रोह नगर्न चेतावनी दिन्छ।
  4. एकै समयमा दुई खलीफाहरूप्रति वफादारीको प्रतिज्ञा गर्नु अनुमति छैन।
  5. इमाम(नेता) र शासकको ठूलो जिम्मेवारी हुन्छ, किनकि अल्लाहले उनलाई उनका प्रजाहरूको बारेमा सोधपुछ गर्नेछन्।
  6. इब्न हजर भन्छन्: धार्मिक मामिलाहरूलाई सांसारिक मामिला भन्दा प्राथमिकता दिइनेछ; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले शासकको अधिकार पूरा गर्न आदेश दिनुभएको छ, किनभने यसमा धर्म लाई उच्च राख्ने र फितना तथा दुष्टतालाई रोक्ने उद्देश्य छ। यहाँ यो कुरा याद राख्नु पर्छ, हकको मागलाई स्थगित गर्नु त्यो हक गुमाउनु होइन, किनकि अल्लाह आफैंले उसलाई परलोकमा उसको पूर्ण हक दिने वाचा गर्नुभएको छ।
  7. यो हदीस मुहम्मद अरब (सल्लल्लाहु अलैहि वसल्लम) एक साँचो नबी हुनुको एक महान प्रमाण हो, किनकि उहाँ पछि अनगिन्ती खलीफाहरू थिए, जसमा केहीले उम्मतलाई सुधार गरे भने केहीले हानि पुर्याए।”
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती एल्ड्रेया रोमानियन हंगेरी الموري मालागासी कन्नड الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप