عَنْ عَائِشَةَ أُمِّ المؤْمِنينَ رَضِيَ اللهُ عَنْهَا:
كَانَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَجْتَهِدُ فِي الْعَشْرِ الْأَوَاخِرِ مَا لَا يَجْتَهِدُ فِي غَيْرِهِ.

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 1175]
المزيــد ...

उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्:
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रमजानको अन्तिम दश दिनमा इबादतमा कडा परिश्रम गर्नुहुन्थ्यो, तर अन्य दिनहरूमा त्यति धेरै गर्दैनथे।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 1175]

व्याख्या

रमजानको अन्तिम दश दिन आउँदा नबी (सल्लल्लाहु अलैहि वसल्लम) अन्य दिनहरू भन्दा बढी उपासना र विभिन्न असल कामहरूमा संलग्न हुनुहुन्थ्यो। उहाँले यी रातहरूको महानताको सम्मान र लैलतुल-कद्रको खोजीमा गर्नुभयो।

हदीसका केही फाइदाहरू

  1. रमजानको महिनामा र विशेष गरी यसको अन्तिम दश दिनमा प्रशस्त मात्रामा उपासना र विभिन्न असल कामहरू गर्न प्रोत्साहन।
  2. रमजानको अन्तिम दश दिनहरू एक्काइसौं रातबाट सुरु हुन्छन् र महिनाको अन्त्यसम्म रहन्छन्।
  3. विशेषाधिकार प्राप्त समयलाई असल काममा प्रयोग गर्नु मुस्तहब हो।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (46)