+ -

عَنْ عَائِشَةَ أُمِّ المؤْمِنينَ رَضِيَ اللهُ عَنْهَا:
كَانَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَجْتَهِدُ فِي الْعَشْرِ الْأَوَاخِرِ مَا لَا يَجْتَهِدُ فِي غَيْرِهِ.

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 1175]
المزيــد ...

उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा)ले बयान गरेकि छिन्:
रासूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम)ले पवित्र रमजान महिना का अन्तिम दस दिनमा इबादत गर्नमा यसरी परिश्रम गर्नुहुन्थ्यो जुन उहाँ अन्य समयहरूमा गर्दैन थिए।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 1175]

व्याख्या

रमजानको अन्तिम दस दिनहरुमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) इबादत र आज्ञापालनमा कडा परिश्रम गर्नुहुन्थ्यो, र अरू समयभन्दा बढी विभिन्न प्रकारका राम्रा कार्यहरू, दान, र इबादतहरूमा ध्यान केन्द्रित गर्नुहुन्थ्यो। यसो गर्दा ती रातहरू महत्त्व र पुण्यको कारण थियो, र उहाँ लैयलतुल कदर (क़द्रको रात)को खोजी गर्नुहुन्थ्यो। यसको कारण ती रातहरूको महानता थियो, र लैयलतुल कदर को खोजीमा पनि ।

हदीसका केही फाइदाहरू

  1. रमजानको महिनामा र विशेष गरी यसको अन्तिम दस दिनहरूमा मानिसहरूलाई अधिक धार्मिकता र आज्ञाकारिताका कार्यहरू गर्न प्रोत्साहित गर्नु।
  2. रमजानको अन्तिम दस दिन २१औं रातदेखि शुरु भएर महिना सकिनेसम्म रहन्छ।
  3. श्रेष्ठ समयहरूमा इबादत र धार्मिक कार्यहरू मार्फत फाइदा उठाउनको लागि प्रोत्साहित गरिन्छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया अम्हारिक डच गुजराती हंगेरी الجورجية
अनुवादहरू हेर्नुहोस्