عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: سَمِعْتُ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«كُلُّ أُمَّتِي مُعَافًى إِلَّا المُجَاهِرِينَ، وَإِنَّ مِنَ المُجَاهَرَةِ أَنْ يَعْمَلَ الرَّجُلُ بِاللَّيْلِ عَمَلًا، ثُمَّ يُصْبِحَ وَقَدْ سَتَرَهُ اللَّهُ عَلَيْهِ، فَيَقُولَ: يَا فُلاَنُ، عَمِلْتُ البَارِحَةَ كَذَا وَكَذَا، وَقَدْ بَاتَ يَسْتُرُهُ رَبُّهُ، وَيُصْبِحُ يَكْشِفُ سِتْرَ اللَّهِ عَنْهُ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6069]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा दिइनेछ, खुलेआम पाप गर्नेहरू बाहेक । खुलेआम पाप भनेको एक व्यक्तिले रातमा पाप गर्छ र अल्लाहले उसको पापलाई ढाकिदिनुभए पछि बिहान उठ्दा उसले भन्छ: हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें । यद्यपि अल्लाहले उसको पापलाई ढाकिदिनुभएको थियो, तर उसले अल्लाहले ढाकिदिएको पर्दालाई हटायो ।"
"मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा गरिनेछ, ती व्यक्तिहरूबाहेक जसले सार्वजनिक रूपमा पापहरू गर्छन्। पाप सार्वजनिक गर्नुको अर्थ यो हो कि कुनै व्यक्तिले रातको समयमा कुनै पाप गर्छ र अल्लाहले उसको पापलाई कसैलाई थाहा लाग्न दिनुहुन्न, (तर) ऊ बिहान उठेर भन्छ: 'हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें।' यसरी अल्लाहले ढाकिदिनुभएको पापको आवरण उसले आफैँले च्यातिदिन्छ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6069]
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, पापी मुस्लिमलाई अल्लाहले क्षमा गर्नुहुन्छ, तर जसले पाप गरेपछि खुलेआम गर्वका साथ आफ्नो पापको घोषणा गर्दै हिंड्छ, ऊ क्षमा योग्य छैन; किनभने उसले रातमा गरेको पापलाई अल्लाहले ढाकिदिनुभएको थियो, तर बिहान उठ्दा उसले आफ्नो साथीलाई भन्छ: हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें । यद्यपि अल्लाहले उसको पापलाई ढाकिदिनुभएको थियो, तर उसले अल्लाहले प्रदान गर्नु भएको आवरणलाई उसले आफैँ हटाइदिन्छ !!