عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«لَا يَسْتُرُ عَبْدٌ عَبْدًا فِي الدُّنْيَا إِلَّا سَتَرَهُ اللهُ يَوْمَ الْقِيَامَةِ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2590]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"जसले यस संसारमा अरु कसैको रहस्य लुकाउँछ, अल्लाहले पुनरुत्थानको दिन उसको रहस्य लुकाउनुहुनेछ।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2590]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब कुनै मुस्लिमले आफ्नो मुस्लिम भाइको कुनै पनि कुरामा भएको गल्ती लुकाउँछ, अल्लाह सर्वशक्तिमानले न्यायको दिनमा उसको गल्ती लुकाउनुहुनेछ। किनभने व्यक्तिलाई उसले गरेको कर्म अनुसार पुरस्कृत गरिन्छ। अल्लाहको लुकाउने अर्थ भनेको उहाँले उसको गल्तीहरू र अपराधहरूलाई महशरको मैदानमा भेला भएका मानिसहरू बाट लुकाएर उसलाई ढाक्नुहुनेछ। यो पनि हुन सक्छ कि उहाँले तिनीहरूलाई जवाफदेही बनाउनुहुनेछैन र उहाँको अगाडि तिनीहरूको उल्लेख गर्नुहुनेछैन।