+ -

عَنْ جَابِرٍ رضي الله عنه قَالَ: سَمِعْتُ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَبْلَ وَفَاتِهِ بِثَلَاثٍ يَقُولُ:
«لَا يَمُوتَنَّ أَحَدُكُمْ إِلَّا وَهُوَ يُحْسِنُ بِاللهِ الظَّنَّ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2877]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

जाबिर (रजियल्लाहु अन्हु)ले भन्नु भएको छ: मले नबी (सल्लल्लाहु अलैहि वसल्लम)लाई उनको निधनको तीन दिनअघि यस्तो भन्दै गरेको सुनेको छु:
« तिमीहरूमध्ये कसैको पनि यस्तो अवस्थामा मृत्यु नहोस्, जबसम्म ऊ अल्लाहप्रति राम्रो आशा (र विश्वास) राख्दैन। »

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2877]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले एक मुस्लिमलाई यो सल्लाह दिनुभयो कि उसको यस्तो अवस्थामा मृत्यु होस्, जब ऊ अल्लाहप्रति राम्रो आशा राख्छ। मृत्युको क्षणमा, अल्लाहको दया र क्षमामा विश्वास गर्दै, आशाको पक्षलाई प्राथमिकता दिनुपर्छ। किनभने डरले कर्म सुधार्न आवश्यक हुन्छ, तर मृत्युको क्षण कर्म गर्ने समय होइन। त्यस बेला, अल्लाहप्रतिको आशा प्रमुख हुनुपर्छ।

हदीसका केही फाइदाहरू

  1. नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले आफ्नो उम्मतलाई मार्गदर्शन देखाउनुमा उत्साह र उहाँको गहिरो दयालुता स्पष्ट देखिन्छ। उहाँले आफ्नो जीवनका सबै अवस्थाहरूमा, यहाँसम्म कि आफ्नो अन्तिम रोगको समयमा पनि, उम्मतलाई सल्लाह दिनुभयो र उनीहरूलाई उद्धारका मार्गतर्फ डोर्याउनुभयो।
  2. आफ्ना कर्महरू अहिले सुधार्नुहोस् ताकि मृत्युको बेला तपाईंको अल्लाहप्रतिको विश्वास राम्रो रहोस्। किनभने जसले मृत्युअघि खराब कर्म गर्दछ, उसको मृत्युको बेला अल्लाहप्रतिको आशा खराब हुन्छ।
  3. मानिसको लागि सबैभन्दा उपयुक्त अवस्था भनेको आशा र डरको सन्तुलन राख्नु हो, र प्रेमलाई प्रमुखता दिनु हो। प्रेम नै यात्रीको साधन हो, आशा मार्गदर्शक हो, र डर चालक हो। अल्लाह तआलाले आफ्ना कृपा र करमले उनलाई गन्तव्यसम्म पुर्याउँछन्।
  4. मृत्यु हुने मानिसको वरिपरि भएको मानिसहरुको लागि जरुरी छ कि उसले अल्लाहप्रति आशा र राम्रो विश्वास राख्नु पर्नेछ भन्ने कुरामा जोर दिनु पर्छ। यस हदीसमा, नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले आफ्नो मृत्युको तीन दिन अघि यस विषयमा भनेका थिए।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती एल्ड्रेया रोमानियन हंगेरी الموري الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप