عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللَّهُ عَنْهُ قَالَ:
أَوْصَانِي خَلِيلِي صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ بِثَلاَثٍ: صِيَامِ ثَلاَثَةِ أَيَّامٍ مِنْ كُلِّ شَهْرٍ، وَرَكْعَتَيِ الضُّحَى، وَأَنْ أُوتِرَ قَبْلَ أَنْ أَنَامَ.
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 1981]
المزيــد ...
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्:
मेरा परममित्र (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई तीन चिजका बारेमा अर्ती दिनु भयो: हरेक महिनामा तीन दिन रोजा राख्ने, चाश्तको समयमा दुइ रक्अत नमाज र सुत्नु भन्दा पहिला वित्र पढ्ने ।
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 1981]
अबू हुरैरह (रजियल्लाहु अन्हु) बताउनु हुन्छ, उहाँका प्यारा र मित्र नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई तीनवटा कुराहरू गर्न प्रेरित गर्नुभयो :
पहिलो: हरेक महिनामा तीन दिन रोजा बस्ने।
दोस्रो: हरेक दिन चाश्तको बेलामा दुई रक्अत (नफ्ल) नमाज पढ्ने ।
तेस्रो: सुत्नुअघि वित्रको नमाज पढ्नु। यो सल्लाह विशेष गरी ती व्यक्तिको लागि हो जसलाई रातको अन्तिम प्रहरमा उठ्न नसक्ने डर छ।