+ -

عَنْ أَبِي سَعِيدٍ الْخُدْرِيِّ رَضِيَ اللهُ عَنْهُ قَالَ: سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«مَنْ صَامَ يَوْمًا فِي سَبِيلِ اللهِ بَاعَدَ اللهُ وَجْهَهُ عَنِ النَّارِ سَبْعِينَ خَرِيفًا».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1153]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो:
"जो अल्लाहको बाटोमा एक दिनको लागि रोजा बस्छ, अल्लाहले उसको अनुहारलाई (नर्कको) आगोबाट सत्तरी वर्षको दूरी जति टाढा राख्नुहुन्छ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1153]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जसले अल्लाहको निष्टा पूर्वक पुण्य र प्रतिफल प्राप्त गर्नको लागि जिहादको समयमा वा केही मानिसहरूका अनुसार अन्य दिनहरूमा एक दिनको लागि उपवास बस्छ; भने अल्लाहले आफ्नो अनुग्रहले उसको र नर्कको बीचमा सत्तरी वर्षको दूरी सिर्जना गर्नुहुनेछ।

हदीसका केही फाइदाहरू

  1. नववी भन्छन्: यो हदीसले जिहादको समयमा उपवासको महत्व प्रमाणित गर्दछ। यद्यपि, यो सद्गुण त्यस व्यक्तिको लागि हो जो व्रतको कारण कमजोर हुँदैन, युद्ध वा कसैको अधिकार वा आफूलाई तोकिएको कुनै पनि युद्धको काममा कुनै बाधाको सामना गर्नु न परोस्।
  2. यसमा नफल व्रत राख्न प्रेरणा छ।
  3. उपवासको एक मात्र उद्देश्य निष्ठा र अल्लाहलाई खुसी पार्नु हो, देखावटी गर्नु, प्रतिष्ठा वा अन्य उद्देश्यका लागि उपवास बस्नु होइन।
  4. सिन्धी भन्छन्: "फी सबिलील्लाह" (अल्लाहको बाटोमा)को अर्थ आफ्नो मनसाय शुद्ध गर्ने एउटा तरिका हुन सक्छ, जबकि अर्को अर्थ युद्धको समयमा उपवास राखिनुको हुन सक्छ। र दोस्रो अर्थ नै अझ स्पष्ट छ।
  5. इब्न-ए-हजर भन्छन्: जहाँसम्म हदीसमा "सब-इन खरिफन"(सत्तरी शरद ऋतु) को भनिएको छ, तसर्थ "खरिफ" वर्षको एक विशेष मौसम हो, तर यहाँ वर्षका अन्य ऋतुहरू जस्तै गर्मी, जाडो र वसन्त आदिलाई छोडेर खरिफ(शरद) ऋतुको विशेष रूपमा उल्लेख गरिएको छ, किनभने यो सबैभन्दा राम्रो मौसम हो र यसै खरिफमा फलफूल काट्ने गरिन्छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती एल्ड्रेया रोमानियन हंगेरी الموري मालागासी ओरोमो कन्नड الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्