عَنْ سَهْلِ بْنِ سَعْدٍ رَضِيَ اللهُ عَنْهُ أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«لَا يَزَالُ النَّاسُ بِخَيْرٍ مَا عَجَّلُوا الْفِطْرَ».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1098]
المزيــد ...
सह्ल बिन साअ्द (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जबसम्म मानिसहरूले समयमै (चाँडै) इफ्तार गर्छन्, तबसम्म उनीहरू कल्याण र भलाइमा रहिरहनेछन्।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1098]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, मानिसहरू तबसम्म कल्याणमा रहनेछन् जबसम्म उनीहरू सूर्यास्त भएको निश्चित हुने बित्तिकै इफ्तार गर्छन्। त्यसो गर्नु भनेको सुन्नतको पालना गर्नु र तोकेको सीमामा रोकिनुको संकेत हो।