عَنْ أَبِي سَعِيدٍ الْخُدْرِيِّ رضي الله عنه قَالَ:
كُنَّا نُخْرِجُ إِذْ كَانَ فِينَا رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ زَكَاةَ الْفِطْرِ، عَنْ كُلِّ صَغِيرٍ وَكَبِيرٍ، حُرٍّ أَوْ مَمْلُوكٍ، صَاعًا مِنْ طَعَامٍ، أَوْ صَاعًا مِنْ أَقِطٍ، أَوْ صَاعًا مِنْ شَعِيرٍ، أَوْ صَاعًا مِنْ تَمْرٍ، أَوْ صَاعًا مِنْ زَبِيبٍ، فَلَمْ نَزَلْ نُخْرِجُهُ حَتَّى قَدِمَ عَلَيْنَا مُعَاوِيَةُ بْنُ أَبِي سُفْيَانَ رضي الله عنه حَاجًّا، أَوْ مُعْتَمِرًا فَكَلَّمَ النَّاسَ عَلَى الْمِنْبَرِ، فَكَانَ فِيمَا كَلَّمَ بِهِ النَّاسَ أَنْ قَالَ: إِنِّي أَرَى أَنَّ مُدَّيْنِ مِنْ سَمْرَاءِ الشَّامِ، تَعْدِلُ صَاعًا مِنْ تَمْرٍ، فَأَخَذَ النَّاسُ بِذَلِكَ، قَالَ أَبُو سَعِيدٍ: فَأَمَّا أَنَا فَلَا أَزَالُ أُخْرِجُهُ كَمَا كُنْتُ أُخْرِجُهُ، أَبَدًا مَا عِشْتُ.
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 985]
المزيــد ...
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,
अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा, हामी (सहाबाहरू) प्रत्येक साना-ठूला, स्वतन्त्र व्यक्ति वा दासका तर्फबाट जकात अल-फित्र निकाल्ने गर्थ्यौं—जसमा एक 'साअ' अन्न, वा एक 'साअ' अकित (सुकेको दही/छुर्पी), वा एक 'साअ' जौ, वा एक 'साअ' खजूर, वा एक 'साअ' किशमिश मध्ये केही हुन्थ्यो। हामी यसै गरी जकात निकालिरह्यौं, जबसम्म मुआविया बिन अबु सुफियान (रदियल्लाहु अन्हु) हज वा उम्राहका लागि हामीकहाँ आउनुभएन। उहाँले मिम्बरबाट मानिसहरूलाई सम्बोधन गर्नुभयो। उहाँले सम्बोधनका क्रममा भन्नुभयो: 'मलाई लाग्छ कि शाम (सिरिया) को दुई 'मुद्द' गहुँ, एक 'साअ' खजूर बराबर हुन्छ।' त्यसपछि मानिसहरूले उहाँकै कुराको अनुसरण गर्न थाले। तर अबु सईद (अल-खुदरी) ले भन्नुभयो: 'जहाँसम्म मेरो कुरा छ, म जबसम्म जीवित रहनेछु, यसलाई त्यसरी नै निकालिरहनेछु जसरी पहिले निकाल्ने गर्थें।'"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 985]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँपछि उहाँका धर्मी खलीफाहरूको समयमा, मुस्लिमहरूले साना र ठूला प्रत्येक व्यक्तिको तर्फ बाट एक साअ खाद्य पदार्थ जकात-ए-फित्रको रूपमा दिने गर्थे। त्यसबेला उनीहरूको मुख्य भोजन जौ, किसमिस, सुकाएर कडा पारिएको दूध (छुर्पी) र खजुर थिए। यहाँ यो कुरा याद राख्नु पर्छ, एक सा'मा चार मुद्द हुन्छ। एक मुद्द भन्नाले एउटा साधारण मानिसले आफ्ना दुवै हात जोडेर अञ्जुलि भर्दा जति अट्छ, त्यति बराबरको परिमाण हो। तर जब मुआविया (रजियल्लाहु अन्हु) खलीफाको हैसियतले मदीना आए र शामको गहुँ प्रशस्त भयो, उनले एक उपदेश दिए र भने: मलाई लाग्छ शामको दुई मुद (आधा साअ) गहुँ एक साअ खजूर बराबर हुन्छ। त्यसैले मानिसहरूले उनको सल्लाह अनुसार काम गर्न थाले। तर अबू सईद खुदरी (रजियल्लाहु अन्हु) ले भन्नुभयो: म जीवनभर त्यसरी नै फित्रा निकाल्नेछु जसरी म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा निकाल्थें।