हदीसहरूको सूची

दानले धनमा कमी आउँदैन । जसले मानिसहरूलाई क्षमा गर्छ, अल्लाहले उसको इज्जत बढाउँछ र जसले अल्लाहको लागि आफूलाई नम्र बनाउँछ, अल्लाहले उसलाई उच्च दर्जा दिनुहुन्छ ।
عربي अंग्रेजी उर्दू
अल्लाह भन्नुहुन्छ: हे आदमको सन्तान! खर्च गर, म तिमीमा खर्च गर्नेछु ।
عربي अंग्रेजी उर्दू
इस्लाम पाँच कुराहरूमा आधारित छ
عربي अंग्रेजी उर्दू
हरेक दिन जब बिहान हुन्छ, दुई फरिश्ता पृथ्वीमा अवतरण गर्छन्, ती मध्ये एक फरिश्ता भन्छ: हे अल्लाह खर्चा गर्नेलाई यसको बदला र परिणाम दिनु , र अर्को फरिश्ता भन्छ: हे अल्लाह खर्चा नगर्नेलाई अर्थात् सम्पतिलाई रोकेर राख्नेलाई नष्ट गरी दिनु।
عربي अंग्रेजी उर्दू
जो कुनै सुन वा चाँदीको मालिक हुन्छ तर त्यसको हक अदा गर्दैन, उसलाई कयामतको दिन कडा सजाय दिइनेछ। त्यसका लागि आगोका पातहरू बनाइनेछन्, जुन जहन्नमको आगोमा दन्काइनेछन्।
عربي अंग्रेजी उर्दू
अल्लाहले प्रत्येक व्यक्तिसँग बिना कुनै अनुवादक कुरा गर्नुहुनेछ ।
عربي अंग्रेजी उर्दू
कर्म ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । तीमध्ये (स्वर्ग वा नरक) अनिवार्य गर्ने दुईवटा कर्म छन्, र (बाँकी ४ प्रकारका कर्महरू मध्ये ) एउटा कर्मको प्रतिफल कर्म अनुसार नै पाइनेछ, र अर्को कर्मको प्रतिफल दश गुणा बढी र केही कर्मको प्रतिफल सात सय गुणा बढी प्राप्त हुनेछ
عربي अंग्रेजी उर्दू
मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकर जनजाति को भाई हुँ ।
عربي अंग्रेजी उर्दू
हे अल्लाहका रसूल! मेरी आमाको निधन भएको छ । यस्तो अवस्थामा कुन सद्का (दान) राम्रो होला ? उहाँले भन्नुभयो: "पानी ।" त्यसैले उनले एउटा इनार खने र भने : यो इनार साअ्दकी आमाको लागि हो ।
عربي अंग्रेजी इन्डोनेसिया