+ -

عن أَنَسَ بْنَ مَالِكٍ رضي الله عنه قال:
بينما نحن جلوس مع النبي صلى الله عليه وسلم في المسجد دخل رجل على جمل، فأناخه في المسجد ثم عقله، ثم قال لهم: أيكم محمد؟ والنبي صلى الله عليه وسلم متكئ بين ظهرانيهم، فقلنا: هذا الرجل الأبيض المتكئ. فقال له الرجل: يا ابن عبد المطلب فقال له النبي صلى الله عليه وسلم: «قد أجبتك». فقال الرجل للنبي صلى الله عليه وسلم: إني سائلك فمشدد عليك في المسألة، فلا تجد علي في نفسك؟ فقال: «سل عما بدا لك» فقال: أسألك بربك ورب من قبلك، آلله أرسلك إلى الناس كلهم؟ فقال: «اللهم نعم». قال: أنشدك بالله، آلله أمرك أن نصلي الصلوات الخمس في اليوم والليلة؟ قال: «اللهم نعم». قال: أنشدك بالله، آلله أمرك أن نصوم هذا الشهر من السنة؟ قال: «اللهم نعم». قال: أنشدك بالله، آلله أمرك أن تأخذ هذه الصدقة من أغنيائنا فتقسمها على فقرائنا؟ فقال النبي صلى الله عليه وسلم: «اللهم نعم». فقال الرجل: آمنت بما جئت به، وأنا رسول من ورائي من قومي، وأنا ضمام بن ثعلبة أخو بني سعد بن بكر.

[صحيح] - [متفق عليه]
المزيــد ...

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,
हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग मस्जिदमा बसिरहेका थियौं, एकजना व्यक्ति ऊँटमा सवार भएर मस्जिदमा प्रवेश गर्यो र उसले आफ्नो ऊँटलाई मस्जिदमा बसायो र बाँधेर सोध्यो: तिमीहरु मध्ये मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को हुनुहुन्छ ? उहाँ आफ्ना साथीहरूसंग बसिरहनु भएको थियो । हामीले भन्यौं: यो अडेस लगाउनु भएको गोरो मान्छे उहाँ नै हुनुहुन्छ । उसले उहाँलाई सम्बोधन गर्यो : हे अब्दुल मुत्तालिबको छोरा ! नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई भन्नुभयो : " हजुर, प्रश्न गर्नुहोस् म जवाफ दिनेछु ।" उसले रसूललाई भन्यो म तपाईंलाई केही प्रश्नहरू सोध्न जाँदैछु र म मेरो प्रश्नमा कडा हुन सक्ने छु। त्यसैले आफ्नो हृदयमा मप्रति केही नराख्नु होला । उहाँले भन्नुभयो: "केही छैन, तिमीलाई जे मन लाग्छ सोध !" उसले सोध्यो: म तपाईंलाई तपाईंको पालनकर्ता र तपाईं भन्दा पहिले मानिसहरूको पालनकर्ताको वास्ता दिएर सोध्दछु: के अल्लाहले तपाईलाई सम्पूर्ण मानव जातिको लागि पठाउनुभएको हो ? उहाँले भन्नुभयो: "हो अल्लाह साक्षी हुनुहुन्छ ।" त्यसपछि उसले सोध्यो: म अल्लाहको कसम खान्छु, के अल्लाहले तपाईंलाई दिन र रातमा पाँच पटक नमाज पढ्न आदेश दिनुभएको हो? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" त्यसपछि उसले भन्यो: म अल्लाहको कसम खान्छु, के अल्लाहले रमजानमा उपवास बस्न आदेश दिनुभएको हो? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" तब उसले भन्यो: म कसम दिन्छु, के अल्लाह तआलाले तपाईंलाई हाम्रा धनीहरूबाट दान लिने र हाम्रा गरिबहरूमा माझ बाँड्न आदेश दिनुभएको हो ? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ।" तब उसले भन्यो: अब म तपाईंले ल्याउनुभएको धर्ममा विश्वास गर्छु । मैले इस्लाम ल्याए र म मेरो पछि रहेको समाजको प्रतिनिधि गरेको छु । मेरो नाम जमाम बिन साल्बा हो र म साद बिन बकर जनजाति मध्ये हुँ ।

सही - बुखारीले वर्णन गरेका छन्

व्याख्या

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग मस्जिदमा बसिरहदा एकजना व्यक्ति ऊँटमा सवार भएर मस्जिदमा प्रवेश गर्यो र उसले आफ्नो ऊँटलाई मस्जिदमा बसायो र बाँध्यो, त्यसपछि उसले सहाबाहरूलाई सोध्यो, तपाईंहरूमध्ये मुहम्मद को हुन्? त्यसबेला अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूको बीचमा ढल्केर बसिरहनुभएको थियो । त्यसैले हामीले भन्यौं : अडेस लगाएर बसिरहनु भएको यो सेतो मानिस उहाँ नै हुनुहुन्छ । त्यो व्यक्तिले उहाँलाई सम्बोधन गर्दै भन्यो: हे अब्दुल मुत्तलिबका छोरा ! नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यस व्यक्तिलाई भन्नुभयो: म तपाईंको कुरा सुन्दै छु। सोध्नुहोस्, म तपाईंको प्रश्नको जवाफ दिनेछु। उसले रसूललाई भन्यो : म तपाईंलाई केही प्रश्नहरू सोध्न जाँदैछु र म मेरो प्रश्नमा कडा हुन सक्नेछु। त्यसैले मनमा म सँग केहि नराख्नु होला। अर्थात्, मसँग नरिसाउनु होला । उहाँले भन्नुभयो : तिमीलाई जे मन लाग्छ सोधे हुन्छ । उसले भन्यो: म तपाईंलाई तपाईंको पालनकर्ता र तपाईं भन्दा पहिलेका मानिसहरूको पालनकर्ताको वास्ता दिएर सोध्छु: के अल्लाहले तपाईलाई सम्पूर्ण मानव जातिको लागि पठाउनुभएको हो ? उहाँले भन्नुभयो: हो, अल्लाह साक्षी हुनुहुन्छ । आफ्नो भनाइको सत्यता स्थापित गर्न । उसले सोध्यो: म तिमीलाई अल्लाहको शपथ दिएर सोध्दैछु, के अल्लाहले तपाईंलाई दिन र रातमा पाँच फर्ज नमाज पढ्न आदेश दिनुभएको छ ? उहाँले भन्नुभयो: हो, अल्लाह साक्षी हुनुहुन्छ । उसले भन्यो: म तिमीलाई अल्लाहको शपथ दिएर सोध्दैछु, के अल्लाहले वर्षको यो महिनामा अर्थात् रमजानको महिनामा उपवास बस्न आदेश दिनुभएको छ? उहाँले जवाफ दिनु भयो: हो, अल्लाह साक्षी हुनुहुन्छ । फेरि उसले सोध्यो: म तिमीलाई अल्लाहको शपथ दिएर सोध्दैछु, के अल्लाहले तपाईलाई हाम्रा धनी मानिसहरूबाट दान अर्थात् जकात लिएर हाम्रा गरिबहरूलाई बाँड्न आदेश दिनुभएको छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनु भयो: हो, अल्लाह साक्षी हुनुहुन्छ । तब जमाम बिन साल्बाले इस्लाम स्वीकार गरे र आफ्नो समुदायलाई इस्लामतर्फ आह्वान गर्छु भनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) संग वाचा पनि गरे अनि मेरो नाम जमाम बिन साल्बा हो र म साद बिन बकरको जनजाति हुँ भनेर परिचय पनि खुलाए ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. यो हदीसले पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को नम्रता देखाउँदछ, किनभने आगन्तुकले उहाँ र उहाँका साथीहरू बीच फरक गर्न सकेनन् ।
  2. यसमा रसूल (अल्लाह सल्लल्लाहु अलैहि वसल्लम) को असल आचरण, प्रश्नकर्तालाई जवाफ दिनमा उहाँको नम्रता र राम्रो तरिकाले जवाफ दिइयो भने मान्छेले इस्सलाम स्वीकार गर्छ भन्ने सन्देश छ ।
  3. कुनै व्यक्तिको पहिचानको लागि गोरो, रातो, अग्लो र होचो आदि विशेषताहरूले वर्णन गर्न सकिन्छ, तर दोषको उद्देश्यले नहोस् र त्यो व्यक्तिलाई नराम्रो नलागोस् ।
  4. आवश्यक भएमा काफिरलाई मस्जिदमा प्रवेश गर्न अनुमति छ ।
  5. यस हदीसमा हजको उल्लेख गरिएको छैन, शायद त्यो समयसम्म हज अनिवार्य थिएन होला ।
  6. साहबाहरू इस्लाम तर्फ बोलाउन सधैं तयार रहन्थे, किनभने इस्लाम ल्याएपछि त्यो व्यक्तिले आफ्नो समुदायलाई निम्तो दिने चिन्ता गर्न थाल्यो ।
थप