श्रेणी:
+ -

عَنْ أَبِي عَمْرٍو- وَقِيلَ: أَبِي عَمْرَةَ-، سُفْيَانَ بْنِ عَبْدِ اللَّهِ رَضِيَ اللَّهُ عَنْهُ قَالَ:
قُلْتُ: يَا رَسُولَ اللهِ، قُلْ لِي فِي الْإِسْلَامِ قَوْلًا لَا أَسْأَلُ عَنْهُ أَحَدًا غَيْرَكَ، قَالَ: «قُلْ: آمَنْتُ بِاللهِ، ثُمَّ اسْتَقِمْ».

[صحيح] - [رواه مسلم] - [الأربعون النووية: 21]
المزيــد ...

अबु अम्र (केहीले अबु अम्राह पनि भनेका छन्) सुफयान बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) बाट वर्णित छ, उहाँले भन्नुभयो:
मैले भने: हे अल्लाहको रसूल! मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नपरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु र त्यसपछि त्यसमा अडिग रहनु।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [الأربعون النووية - 21]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को एक साथी सुफयान बिन अब्दुल्लाहले उहाँलाई इस्लामको अर्थलाई व्यापक रूपमा समेटिएको कुरा सिकाउन अनुरोध गरे, ताकि उसले यसलाई दृढताका साथ पालना गरून् र यसको बारेमा अरू कसैलाई सोध्न नपरोस् । त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई भन्नुभयो: भन, अल्लाह एक हुनुहुन्छ र उहाँ नै मेरो परमेश्वर, मेरो सृष्टिकर्ता र पूज्य हुनुहुन्छ र उहाँको कोही साझेदार छैन भनेर म विश्वास गर्दछु । त्यसपछि अल्लाहको आदेशको पालना गरेर र उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहेर उहाँको आज्ञापालन गर्नु र त्यसमा अडिग रहनु ।

हदीसका केही फाइदाहरू

  1. वास्तविक धर्म भनेको अल्लाहलाई परमेश्वर, साँचो ईश्वर र उहाँको नाम र गुणहरूमा विश्वास गर्नु हो ।
  2. ईमान ल्याइसकेपछि निरन्तर उपासना गर्नु र त्यसमा अडिग रहनुको ठूलो महत्व छ ।
  3. ईमान भनेको कर्म स्वीकार गर्ने मूल शर्त हो ।
  4. अल्लाहमाथिको आस्थामा आस्थासँग सम्बन्धित आधारभूत कुराहरू र त्यसअन्तर्गत आउने हृदयका कार्यहरू तथा अल्लाहको लागि बाह्य तथा आन्तरिक आज्ञाकारिता र आत्मसमर्पण समावेश छन् ।
  5. इस्तिकामह (स्थिरता) भनेको वाजिबको पालना गरेर र निषेधहरू त्यागेर सोझो बाटोमा अडिग रहनु हो ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी اليونانية الأكانية उज्बेक युक्रेनी الجورجية اللينجالا المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
वर्गीकरण
थप