+ -

عَنْ زِيَادِ بْنِ لَبِيدٍ رضي الله عنه قَالَ:
ذَكَرَ النَّبِيُّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ شَيْئًا، فَقَالَ: «ذَاكَ عِنْدَ أَوَانِ ذَهَابِ الْعِلْمِ» قُلْتُ: يَا رَسُولَ اللَّهِ، وَكَيْفَ يَذْهَبُ الْعِلْمُ، وَنَحْنُ نَقْرَأُ الْقُرْآنَ وَنُقْرِئُهُ أَبْنَاءَنَا وَيُقْرِئُهُ أَبْنَاؤُنَا أَبْنَاءَهُمْ إِلَى يَوْمِ الْقِيَامَةِ؟ قَالَ: «ثَكِلَتْكَ أُمُّكَ زِيَادُ، إِنْ كُنْتُ لَأُرَاكَ مِنْ أَفْقَهِ رَجُلٍ بِالْمَدِينَةِ، أَوَلَيْسَ هَذِهِ الْيَهُودُ وَالنَّصَارَى يَقْرَؤونَ التَّوْرَاةَ وَالْإِنْجِيلَ، لَا يَعْمَلُونَ بِشَيْءٍ مِمَّا فِيهِمَا؟!».

[صحيح لغيره] - [رواه ابن ماجه]
المزيــد ...

जियाद बिन लबीद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उहाँ भन्नुहुन्छ:
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा घटना उल्लेख गर्नुभयो र भन्नुभयो: "यो त्यस समय हुनेछ जब ज्ञान हराउनेछ ।" मैले भने: हे अल्लाहको रसूल! ज्ञान कसरी हराउनेछ, जब हामी कुर्आन पढ्दैछौं, आफ्ना बच्चाहरूलाई पढाउँदैछौं र हाम्रा बच्चाहरूले यसरी प्रलयको दिनसम्म आफ्ना बच्चाहरूलाई पढाइरहनेछन्? उहाँले भन्यो: "हे जियाद! तिम्री आमा तिम्रो लागि रोऊन् ! म तिमीलाई मदीनाको सबैभन्दा बुद्धिमान मानिस ठान्थे । के यी यहूदी र ईसाईहरूले तौरात र इन्जील पढ्दैनन्त? र तिनीहरूले त्यसको पालना गर्दैनन्!"

सही लेगैरेही - इब्ने माजहले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना साथीहरू माझ बसिरहनु भएको थियो तब उहाँले भन्नुभयो, यो त्यस समय हुनेछ जब मानिसहरूबाट हराउनेछ र खोसिनेछ । जियाद बिन लबीद अन्सारी (रजियल्लाहु अन्हुमा) यसबाट छक्क परे अनि उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, हामीले कुर्आन पढ्यौं र कण्ठ गर्यौं र अल्लाहको कसम खान्छौं, हामी यसलाई पढिरहनेछौं र हामी हाम्रा महिला र बच्चाहरूलाई सिकाउनेछौं र हाम्रा बच्चाहरूले आफ्ना बच्चाहरूलाई यसरी पढाइरहनेछन् भने ज्ञान कसरी खोसिने र समाप्त हुन्छ त ? यसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आश्चर्य व्यक्त गर्नुभयो र भन्नुभयो: हे जियाद! तिम्री आमाले तिमीलाई गुमाइन्, म तिमीलाई मदीनाका विद्वानहरूमा गन्ने गर्थे । त्यसपछि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभयो, कि ज्ञान खतम हुनु भनेको कुरआन गुमाउनु होइन। बरु, ज्ञान गुमाउनु भनेको कुरानको पालनाको नगर्नु हो । किनकि यहुदी र इसाईहरू सँग तौरात र इन्जील पनि छ, तर यसले तिनीहरूलाई फाइदा पुर्‍याएन र तिनीहरूले यसको वास्तविक उद्देश्य हासिल गर्न सकेनन्; त्यो के हो भने आफ्नो ज्ञान अनुसार कर्म गरेनन् ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. व्यवहारमा ल्याइएन भने कुर्आन (ग्रन्थ) र पुस्तकहरू मानिसहरूको हातमा राखेर केही फाइदा हुँदैन ।
  2. पैगम्बर सल्लल्लाहु अलैहि वसल्लमको मृत्यु, उलामा(धर्मशास्त्री)को मृत्यु र ज्ञानको अभ्यास र कार्यान्वयन नहुनु आदि जस्ता धेरै कुराहरू द्वारा ज्ञान
  3. समाप्त हुनेछ ।
  4. महाप्रलयको लक्षणहरू मध्ये ज्ञान खोसिनु र मानिसहरूले यस अनुसार कार्यन्वयन नगर्नु हो ।
  5. यस हदीसमा जानेको ज्ञानलाई कार्यान्वयन गर्न प्रेरणा छ, किनकि यो नै वास्तविक उद्देश्य हो ।
थप