+ -

عَنْ ‌أَبِي هُرَيْرَةَ رَضِيَ اللهُ عَنْهُ قَالَ:
كَانَ أَهْلُ الْكِتَابِ يَقْرَؤُونَ التَّوْرَاةَ بِالْعِبْرَانِيَّةِ، وَيُفَسِّرُونَهَا بِالْعَرَبِيَّةِ لِأَهْلِ الْإِسْلَامِ، فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «لَا تُصَدِّقُوا أَهْلَ الْكِتَابِ وَلَا تُكَذِّبُوهُمْ، وَقُولُوا: {آمَنَّا بِاللهِ وَمَا أُنْزِلَ إِلَيْنَا} [البقرة: 136] الْآيَةَ».

[صحيح] - [رواه البخاري]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उहाँ भन्नुहुन्छ:
अह्ले किताब (यहुदी र ईसाईहरू) हिब्रूमा तौरात आफैं पढेर मुस्लिमहरूका लागि अरबीमा व्याख्या गर्थे । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "c2">“अह्ले किताब (यहुदी र ईसाईहरू) लाई नत पुष्टि गर नत अस्वीकार नै, तर भन: {हामी अल्लाहमा र हामीमाथि अवतरण गरिएको कुरामा विश्वास गर्छौं ।” [अल- बकरह: १३६]

सही - बुखारीले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो समुदायलाई अह्ले किताब (यहुदी र ईसाईहरू) ले आफ्ना पुस्तकहरूबाट बयान गर्ने कुराहरूबाट धोका नखान सचेत गर्नु भएको छ । किनभने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा यहूदीहरूले हिब्रू भाषामा तौरात पढ्थे, जुन यहूदीहरूको भाषा हो र त्यसपछि अरबीमा व्याख्या गर्ने गर्थे । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "c2">“अह्ले किताब (यहुदी र ईसाईहरू) लाई नत पुष्टि गर नत अस्वीकार नै, तर यो निर्देशन ती मुद्दाहरूको बारेमा हो जसको सही वा गलत स्पष्ट छैन । किनभने अल्लाहले हामीलाई कुर्आन र अहले-ए-किताबका पुस्तकहरूमा रहेको कुरामा ईमान ल्याउन आदेश दिनुभएको छ, तर तिनीहरूका पुस्तकहरूको कुन भाग सुरक्षित छ र कुन भाग सुरक्षित छैन हामीलाई थाहा छैन । किनकी हाम्रो शरियतले ती किताबहरूमा लेखिएका सबै कुरा सही वा गलत छ भन्ने कुनै निर्णय गरेको छैन। त्यसैले हामी केही भन्नदेखि टाढै बस्छौं, हामी न त पुष्टि गर्नेछौं ताकि तिनीहरूले गरेको हेरफेरमा सामेल होऔं र हामी अस्वीकार पनि गर्दैनौं, किनकि त्यो सही हुनसक्छ र तब यस्तो अवस्थामा हामी त्यो कुरालाई अस्वीकार गर्नेवाला हुनेछौं जसमा हामीलाई विश्वास गर्न आदेश दिइएको छ । बरु रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई निम्न भन्न आदेश दिनुभयो : “हामीले अल्लाहमाथि ईमान ल्यायौं र त्यस (ग्रन्थ) माथि जुन हामीतिर अवतरण गरियो र त्यसमाथि पनि जुन इब्राहीम, इस्माईल, इस्हाक, याअ्कूब एवं (याअ्कूबका) सन्तानहरूमाथि अवतरण गरियो अनि जुन मूसा एवं ईसालाई प्रदान गरियो तथा जुन अन्य सन्देष्टाहरूलाई उनका ‘रब(पालनकर्ता)’ को तर्फबाट प्रदान गरियो । हामी यिनीहरूबीच कुनै विभेद गर्दैनौं । र, हामी उनै (अल्लाह) को आज्ञाकारी हौं ।” {कुरआनः अल्-बकरह : १३६}

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. अह्ले किताब (यहुदी र ईसाईहरू) ले बयान गर्ने कुराहरूलाई तीन भागमा विभाजन गरिएको छ : पहिलो भाग त्यो हो जुन कुर्आन र हदीस अनुसार छ, यसलाई पुष्टि गरिनेछ, दोस्रो भाग त्यो हो जुन कुर्आन र हदीस विरुद्ध छ, यसलाई अस्वीकार गरिनेछ र तेस्रो भाग भनेको कुर्आन र हदीसबाट सत्य वा असत्यको प्रमाण छैन, यो भागलाई वर्णन गरिनेछ, तर पुष्टि वा अस्वीकार गरिने छैन ।
थप