عَنْ جَابِرِ بْنِ عَبْدِ اللَّهِ رضي الله عنهما أَنَّ النَّبِيَّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«لَا تَعَلَّمُوا الْعِلْمَ لِتُبَاهُوا بِهِ الْعُلَمَاءَ، وَلَا لِتُمَارُوا بِهِ السُّفَهَاءَ، وَلَا تَخَيَّرُوا بِهِ الْمَجَالِسَ، فَمَنْ فَعَلَ ذَلِكَ، فَالنَّارُ النَّارُ».

[صحيح] - [رواه ابن ماجه] - [سنن ابن ماجه: 254]
المزيــد ...

जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"विद्वानहरूसँग बहस गर्न र अज्ञानीहरूसँग वाद-विवाद गर्न र सभाहरूमा प्रमुख पद प्राप्त गर्नको लागि ज्ञान प्राप्त नगर्नुहोस्, जसले यसो गर्छ, उसको वासस्थान आगो (नर्क) हुनेछ ।"

[सही] - [इब्ने माजहले वर्णन गरेका छन्] - [सुनन् इब्ने माजह - 254]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उलमा (विद्वान) हरूसँग बहस गर्ने र 'म पनि तिमीहरू जस्तै विद्वान हुँ' भनी गर्व र सेखी देखाउन, अज्ञानी र कम बुद्धि भएकाहरूसँग वाद-विवाद गर्ने र सभाहरूमा अग्रपंक्तिमा बस्ने मौका पाउने मनसायले ज्ञान (इल्म) प्राप्त गर्नबाट कडाइका साथ मनाही गर्नुभएको छ । र जसले त्यस्तो गर्छ, उ आफ्नो पाखण्ड र ज्ञानको प्राप्तिमा सत्यनिष्ठा नभएको कारणले नरकको भागीदार बन्नेछ।

हदीसका केही फाइदाहरू

  1. घमण्ड गर्ने, झगडा गर्ने वा सभाको अध्यक्षता प्राप्त गर्ने आदि मनसायले ज्ञान प्राप्त गर्नेलाई नर्कको यातनाको धम्की दिइएको छ ।
  2. ज्ञान सिक्ने र सिकाउने व्यक्तिको नियतमा (अल्लाहको निम्ति) सत्यनिष्ठा हुनु र धेरै महत्त्वपूर्ण छ ।
  3. सम्पूर्ण कार्यहरू नियतमा आधारित हुन्छन् र त्यही अनुसार प्रतिफल प्राप्त हुन्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (66)
थप