+ -

عَنْ جَابِرِ بْنِ عَبْدِ اللَّهِ رضي الله عنهما أَنَّ النَّبِيَّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«لَا تَعَلَّمُوا الْعِلْمَ لِتُبَاهُوا بِهِ الْعُلَمَاءَ، وَلَا لِتُمَارُوا بِهِ السُّفَهَاءَ، وَلَا تَخَيَّرُوا بِهِ الْمَجَالِسَ، فَمَنْ فَعَلَ ذَلِكَ، فَالنَّارُ النَّارُ».

[صحيح] - [رواه ابن ماجه]
المزيــد ...

जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"विद्वानहरूसँग बहस गर्न र अज्ञानीहरूसँग वाद-विवाद गर्न र सभाहरूमा प्रमुख पद प्राप्त गर्नको लागि ज्ञान प्राप्त नगर्नुहोस् । जसले यसो गर्छ, उसको वासस्थान आगो (नर्क) हुनेछ ।"

सही - इब्ने माजहले वर्णन गरेका छन्

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उलमा (विद्वान) हरूसँग बहस गर्ने र म तिमीहरू जस्तै विद्वान हुँ भनी गर्व र शक्तिको प्रदर्शन गर्ने, अज्ञानी र कम बुद्धि भएकाहरूसँग वाद-विवाद गर्ने र सभाहरूमा अग्रपंक्तिमा बस्ने मौका पाउने मनसायले ज्ञान (इल्म) आर्जन गर्नबाट कडाइका साथ मनाही गर्नुभएको छ । जसले यो गर्यो, उसले आफ्नो पाखण्ड र ज्ञानको प्राप्तिमा निष्ठा नभएको कारण नरकको पात्र हुनेछ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. घमण्ड गर्ने, झगडा गर्ने वा सभाको अध्यक्षता प्राप्त गर्ने आदि मनसायले ज्ञान आर्जन गर्नेलाई नरकमा जाने धम्की दिइएको छ ।
  2. ज्ञान सिक्ने र सिकाउने व्यक्तिको नियतमा निष्ठा (अल्लाहको खातिर) हुनु धेरै महत्त्वपूर्ण र अति आवश्यक छ ।
  3. सम्पूर्ण कार्यहरू नियतमा आधारित हुन्छन् र त्यही अनुसार प्रतिफल पाइनेछ ।
थप