+ -

عَنْ النَّوَّاسِ بْنِ سَمْعَانَ الْأَنْصَارِيِّ رضي الله عنه عَنْ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«ضَرَبَ اللهُ مَثَلًا صِرَاطًا مُسْتَقِيمًا، وَعَلَى جَنْبَتَيْ الصِّرَاطِ سُورَانِ، فِيهِمَا أَبْوَابٌ مُفَتَّحَةٌ، وَعَلَى الْأَبْوَابِ سُتُورٌ مُرْخَاةٌ، وَعَلَى بَابِ الصِّرَاطِ دَاعٍ يَقُولُ: أَيُّهَا النَّاسُ، ادْخُلُوا الصِّرَاطَ جَمِيعًا، وَلَا تَتَعَرَّجُوا، وَدَاعٍ يَدْعُو مِنْ فَوْقِ الصِّرَاطِ، فَإِذَا أَرَادَ يَفْتَحُ شَيْئًا مِنْ تِلْكَ الْأَبْوَابِ، قَالَ: وَيْحَكَ لَا تَفْتَحْهُ، فَإِنَّكَ إِنْ تَفْتَحْهُ تَلِجْهُ، وَالصِّرَاطُ الْإِسْلَامُ، وَالسُّورَانِ: حُدُودُ اللهِ، وَالْأَبْوَابُ الْمُفَتَّحَةُ: مَحَارِمُ اللهِ، وَذَلِكَ الدَّاعِي عَلَى رَأْسِ الصِّرَاطِ: كِتَابُ اللهِ، وَالدَّاعِي مِنِ فَوْقَ الصِّرَاطِ: وَاعِظُ اللهِ فِي قَلْبِ كُلِّ مُسْلِمٍ».

[صحيح] - [رواه الترمذي وأحمد]
المزيــد ...

नौवास बिन सम्आन अन्सारी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"अल्लाहले सिराति-मुस्तकीम (सीधा मार्ग) को उदाहरण दिनुभएको छ, मार्गको दुबै छेउमा दुईवटा पर्खालहरू छन् । यी दुवै पर्खालहरूमा केही ढोकाहरू खुला छन् र ती ढोकाहरूमा पर्दा झुण्डिएका छन् । सीधा मार्गको ढोकामा एउटा बिन्ती गर्नेले भनिरहेको छ : हे मानिसहरू हो ! सबै यस मार्गमा प्रवेश गर, र यताउता नहिँड । जब कसैले ती ढोकाहरू मध्ये एउटा खोल्न चाहन्छ, तब मार्गको माथि रहेको अर्को व्यक्तिले भन्नेछ: धिक्कार छ तिमीलाई, यसलाई नखोल, यदि यसलाई खोल्यौ भने, तिमी भित्र पस्नेछौ । त्यो मार्ग: इस्लाम हो, दुई पर्खालहरू अल्लाहका सिमाना हुन्, खुला ढोकाहरू अल्लाहका निषेधित चीजहरू हुन्, मार्गको छेउमा पुकार्ने व्यक्ति अल्लाहको पुस्तक हो र मार्गको माथि रहेको व्यक्ति अल्लाहको उपदेशक हो जुन हरेक मुस्लिमको हृदयमा हुन्छ ।

सही - तिर्मीजीले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ : अल्लाहले इस्लामको उदाहरण सीधा मार्गले दिनुभएको छ, जसमा कुनै टेढोपन छैन । यस मार्गको दुबै छेउमा दुईवटा पर्खालहरू छन्, जसले यसलाई दुबैतिरबाट घेरेको छ । ती दुई पर्खालहरू अल्लाहका सिमाना हुन्, यी दुबै पर्खालहरूको बीचमा खुला ढोकाहरू छन्, जसको अभिप्राय अल्लाहका निषेधित चीजहरू हुन्, ती ढोकाहरूमा पर्दाहरू झुण्डिएका छन्, जसले गर्दा यात्रुलाई भित्र के छ भनेर थाहा हुँदैन, बाटोको सुरुवातमा एक आह्वानकर्ता छ, जसले मानिसहरूलाई मार्गनिर्देशन गर्छ र भन्छ: सीधा बाटोमा हिड्नुहोस् र यता-उता नहेर्नुहोस् । यो आह्वानकर्ता अल्लाहको पुस्तक हो । बाटोमा हिड्ने व्यक्तिले ढोकामा झुण्डिएको पर्दा हटाउन खोज्दा बाटोमाथि नियुक्त अर्को आह्वानकर्ताले उसलाई हप्काउँछ र भन्छ, यसलाई नखोल्नुहोस्, तपाईंको लागि धेरै नराम्रो हुनेछ । यदि तपाईंले खोल्नु भयो भने भित्र पस्नुहुनेछ र आफुलाई भित्र पस्नबाट रोक्न सक्षम हुनेछैनौ । यो निवेदक अल्लाहको एक प्रचारक हो, जो हरेक मुस्लिमको हृदयमा छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. इस्लाम साँचो धर्म हो । र यो सीधा मार्ग हो, जसले हामीलाई स्वर्गमा लैजानेछ ।
  2. अल्लाहका सीमाहरू र उहाँका हलाल तथा हराम चीजहरूको पालना गर्नु अनिवार्य छ र यस बारेमा बेवास्ता गर्नु विनाशलाई निम्त्याउँछ ।
  3. महान पवित्र कुर्आनको निकै महत्व छ र यस अनुसरण कर्म गर्न प्रोत्साहन गरिएको छ । यसमा मार्गदर्शन, प्रकाश र सफलता छ ।
  4. भक्तहरूप्रति अल्लाहको दया र कृपा, र जुन अल्लाहले आफ्ना आस्थावान भक्तहरूको हृदयमा त्यो (भावना र चेतना) राख्नुभएको छ, जसले तिनीहरूलाई विनाशतर्फ जानबाट रोक्छ र सल्लाह दिरहन्छ।
  5. यो अल्लाहको कृपाले हो, उहाँले आफ्ना भक्तहरूका लागि सीमानाहरू निर्धारित गर्नुभएको छ, जसले तिनीहरूलाई पापमा पर्नबाट रोक्छ ।
  6. शिक्षाको एउटा माध्यम भनेको कुरालाई सजिलै अर्थ
  7. बुझाउन र व्याख्या गर्न उदाहरण प्रयोग गर्नु हो ।
थप