عن سَعِيدِ بْنِ الْمُسَيَّبِ، عَنْ أَبِيهِ قَالَ:
لَمَّا حَضَرَتْ أَبَا طَالِبٍ الْوَفَاةُ، جَاءَهُ رَسُولُ اللهِ صلى الله عليه وسلم فَوَجَدَ عِنْدَهُ أَبَا جَهْلٍ وَعَبْدَ اللهِ بْنَ أَبِي أُمَيَّةَ بْنِ الْمُغِيرَةِ، فَقَالَ: «أَيْ عَمِّ، قُلْ: لَا إِلَهَ إِلَّا اللهُ، كَلِمَةً أُحَاجُّ لَكَ بِهَا عِنْدَ اللهِ»، فَقَالَ أَبُو جَهْلٍ وَعَبْدُ اللهِ بْنُ أَبِي أُمَيَّةَ: أَتَرْغَبُ عَنْ مِلَّةِ عَبْدِ الْمُطَّلِبِ، فَلَمْ يَزَلْ رَسُولُ اللهِ صلى الله عليه وسلم يَعْرِضُهَا عَلَيْهِ، وَيُعِيدَانِهِ بِتِلْكَ الْمَقَالَةِ، حَتَّى قَالَ أَبُو طَالِبٍ آخِرَ مَا كَلَّمَهُمْ: عَلَى مِلَّةِ عَبْدِ الْمُطَّلِبِ، وَأَبَى أَنْ يَقُولَ: لَا إِلَهَ إِلَّا اللهُ، قَالَ: قَالَ رَسُولُ اللهِ صلى الله عليه وسلم: «وَاللهِ لَأَسْتَغْفِرَنَّ لَكَ مَا لَمْ أُنْهَ عَنْكَ»، فَأَنْزَلَ اللهُ: {مَا كَانَ لِلنَّبِيِّ وَالَّذِينَ آمَنُوا أَنْ يَسْتَغْفِرُوا لِلْمُشْرِكِينَ} [التوبة: 113]، وَأَنْزَلَ اللهُ فِي أَبِي طَالِبٍ، فَقَالَ لِرَسُولِ اللهِ صلى الله عليه وسلم: {إِنَّكَ لا تَهْدِي مَنْ أَحْبَبْتَ وَلَكِنَّ اللهَ يَهْدِي مَنْ يَشَاءُ} [القصص: 56].

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 4772]
المزيــد ...

सईद बिन मुसैयबले आफ्नो बुबाबाट बयान गरेका छन्, उनले भन्नुहुन्छ :
जब अबु तालिबको मृत्युको समय नजिक आयो, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनीकहाँ जानुभयो । त्यहाँ अबु जहल र अब्दुल्लाह बिन अबु उमैया बिन मुगिरा पहिलादेखि उपस्थित थिए । उहाँले अबु तालिब सगँ भन्नुभयो: ”हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म अल्लाहको दरबारमा यसलाई तपाईको लागि प्रमाणको रूपमा पेश गर्नेछु ।" यो सुनेर अबु जहल र अब्दुल्लाह बिन अबु उमैयाले भने: के तपाईं अब्दुल मुत्तलिबको धर्मलाई छोड्नु हुन्छ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बारम्बार कल्मा (ला इलाहा इल्लाल्लाह) पढ्न अनुरोध गरिरहनु भयो र यी दुवैले उनलाई रोक्न खोजिरहे । अन्ततः अबु तालिबले म अब्दुल मुतालिबको धर्ममा अडिग रहनेछु भनेर घोषणा गरे र ‘ला इलाह इल्लल्लाह’ लाई भन्न अस्वीकार गर्नुभयो। हदीस वाचकले भन्छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले (काकाको जवाफ सुनेर) भन्नुभयो: "अल्लाहको कसम मलाई मनाही नगरिएसम्म म तपाईंको लागि क्षमा माग्नेछु।” तब अल्लाहले यो आयत अवतरण गर्नुभयो: “नबी र आस्थावानहरूले बहुदेववादीहरूका लागि क्षमा माग्नु उपयुक्त छैन,चाहे तिनीहरू आफ्ना नजिकका आफन्त नै किन नहुन् ।” [अत-तौबा: ११३], र अल्लाहले अबु तालिबको बारेमा यो आयत अवतरण गर्नुभयो: “तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ, तर अल्लाह जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ ।” [अल कसस: ५६]

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 4772]

व्याख्या

जब अबु तालिबको मृत्युको समय नजिक आयो, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनीकहाँ जानुभयो र उनलाई भन्नुभयो: हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म यही वचनको आधारमा अल्लाहको सामु तपाईंको लागि गवाही दिनेछु । यो सुनेर अबु जहल र अब्दुल्लाह बिन अबु उमैयाले भने: अबु तालिब ! के तपाईंले आफ्नो बुबा अब्दुल मुत्तलिबको धर्म छोड्नुहुन्छ? त्यो धर्म वास्तवमा मूर्तिपूजाको धर्म थियो । ती दुवैले उहाँलाई बारम्बार सोही कुरा भनिरहे, यहाँसम्म कि उहाँको अन्तिम वचन: "म अब्दुल मुत्तलिबको धर्मको अनुसरण गर्दै यो संसार छोड्दैछु" थियो । अर्थात्, उहाँले शिर्क र मूर्तिपूजक धर्ममै रहदाँ प्राण त्याग गर्नुभयो। । यो सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: मेरो प्रभुले मलाई मनाही नगरेसम्म म तपाईंको लागि माफी मागिरहनेछु । तसर्थ, यो आयत अवतरित भएको थियो: “बहुदेववादीहरू नरकबासी हुन् भन्ने कुरा स्पष्ट भएपछि नबी तथा आस्थावानहरूले तिनीहरूको लागि क्षमाको माग्नु उपयुक्त हुँदैन, चाहे तिनीहरू उनका नातेदार नै किन नहुन् ।" [अत-तौबा: ११३] त्यसैगरी अबु तालिबको बारेमा पनि आयत अवतरित भयो, अल्लाहले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सम्बोध गर्दै भन्नुहुन्छ : “तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ, तर अल्लाह जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ र उहाँले मार्गदर्शन पाउनेहरूलाई राम्ररी जान्नुहुन्छ ।” [अल कसस: ५६] अर्थात् तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ । तिम्रो काम केवल सन्देश पुर्‍याउनु हो। अल्लाहले जसलाई चाहनुहुन्छ सत्यको मार्गमा डोऱ्याउनुहुन्छ ।

हदीसका केही फाइदाहरू

  1. मुश्रिक (बहुदेववादी) हरूका लागि क्षमा याचना गर्न निषेध गरिएको छ, उनीहरूको नाता, कर्म वा परोपकार जतिसुकै ठूलो भए पनि ।
  2. बाजे-बुबा र पुर्खाहरूको झुटा र अवैध मान्यताहरूको अन्धो अनुकरण गर्नु इस्लाम पूर्वका मानिसहरूको काम हो ।
  3. यसबाट नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अपार दया र मानवजातिलाई सत्यधर्मतर्फ आह्वान तथा मार्गदर्शन गर्न उहाँको उत्कट इच्छा देखिन्छ।
  4. यसमा अबु तालिबले इस्लाम ग्रहण गरेको दाबी गर्नेहरूको खण्डन छ ।
  5. “कर्महरूको मूल्याङ्कन तिनको अन्तिम अवस्थाको आधारमा गरिन्छ।”
  6. यसबाट नबी (सल्लल्लाहु अलैहि वसल्लम) वा अन्य व्यक्तिहरूमाथि लाभ प्राप्त गर्न वा हानि हटाउनका लागि आश्रित हुनुको अमान्यता स्पष्ट हुन्छ ।
  7. जसले ज्ञान, दृढ विश्वास र आस्थाका साथ "ला इलाह इल्लल्लाह" अर्थात "अल्लाह बाहेक कोही पूज्य छैन" गवाही दिन्छ ऊ इस्लाममा प्रवेश गर्दछ ।
  8. दुष्ट र खराब साथीहरू मानिसका लागि हानिकारक हुन्छन्।
  9. यसबाट स्पष्ट हुन्छ कि "ला इलाह इल्लल्लाह" को अर्थ: मूर्तिहरू, संतहरू र धर्मी मानिसहरूको पूजा त्याग्नु र केवल अल्लाहको उपासना गर्नु हो । र बहुदेववादीहरूलाई यसको अर्थ थाहा थियो ।
  10. मुश्रिक (बहुदेववादी) रोगीलाई इस्लामको निमन्त्रणा दिने उद्देश्यले भेट्न अनुमति छ ।
  11. सत्य मार्गमा डोर्‍याउने शक्ति केवल अल्लाहसँग मात्र छ, जसको कोही साझेदार छैन। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को जिम्मेवारी केवल मार्गदर्शन गर्ने, सल्लाह र निर्देशन दिने र सन्देश पुर्‍याउने मात्र हो।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (56)
थप