عَنْ سَهْلُ بْنُ سَعْدٍ رَضِيَ اللَّهُ عَنْهُ أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ يَوْمَ خَيْبَرَ:
«لَأُعْطِيَنَّ هَذِهِ الرَّايَةَ غَدًا رَجُلًا يَفْتَحُ اللَّهُ عَلَى يَدَيْهِ، يُحِبُّ اللَّهَ وَرَسُولَهُ وَيُحِبُّهُ اللَّهُ وَرَسُولُهُ»، قَالَ: فَبَاتَ النَّاسُ يَدُوكُونَ لَيْلَتَهُمْ أَيُّهُمْ يُعْطَاهَا، فَلَمَّا أَصْبَحَ النَّاسُ غَدَوْا عَلَى رَسُولِ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كُلُّهُمْ يَرْجُو أَنْ يُعْطَاهَا، فَقَالَ: «أَيْنَ عَلِيُّ بْنُ أَبِي طَالِبٍ؟» فَقِيلَ: هُوَ يَا رَسُولَ اللَّهِ يَشْتَكِي عَيْنَيْهِ، قَالَ: «فَأَرْسِلُوا إِلَيْهِ»، فَأُتِيَ بِهِ فَبَصَقَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فِي عَيْنَيْهِ وَدَعَا لَهُ، فَبَرَأَ حَتَّى كَأَنْ لَمْ يَكُنْ بِهِ وَجَعٌ، فَأَعْطَاهُ الرَّايَةَ، فَقَالَ عَلِيٌّ: يَا رَسُولَ اللَّهِ، أُقَاتِلُهُمْ حَتَّى يَكُونُوا مِثْلَنَا؟ فَقَالَ: «انْفُذْ عَلَى رِسْلِكَ حَتَّى تَنْزِلَ بِسَاحَتِهِمْ، ثُمَّ ادْعُهُمْ إِلَى الإِسْلاَمِ، وَأَخْبِرْهُمْ بِمَا يَجِبُ عَلَيْهِمْ مِنْ حَقِّ اللَّهِ فِيهِ، فَوَاللَّهِ لَأَنْ يَهْدِيَ اللَّهُ بِكَ رَجُلًا وَاحِدًا، خَيْرٌ لَكَ مِنْ أَنْ يَكُونَ لَكَ حُمْرُ النَّعَمِ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 4210]
المزيــد ...
सहल बिन साअ्द (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"भोलि मैले यो झण्डा यस्तो मानिसलाई दिनेछु जसको हातमा अल्लाहले विजय दिनुहुनेछ, जसले अल्लाह र उहाँका रसूललाई प्रेम गर्दछ र अल्लाह र उहाँका रसूलले पनि उसलाई प्रेम गर्नुहुन्छ ।" झण्डा कसलाई दिइनेछ भनेर मानिसहरूले छलफल र अड्कलबाजी गर्दै रात बिताए । बिहान सबैजना रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ पुगे । सबैले झण्डा पाउने आशा गरेका थिए । उहाँले सोध्नुभयो: "अली बिन अबी तालिब कहाँ छन्?" भनियो : हे अल्लाहका रसूल ! उनको आँखा दुखिरहेको छ । उहाँले भन्नुभयो: "उसलाई बोलाऊ ।" जब उनलाई बोलाइयो, उहाँले उनको आँखामा आफ्नो लार (थुक) लगाई दिनुभयो र उनको लागि दुआ (प्रार्थना) गर्नुभयो । फलस्वरूप उनको आँखा कुनै रोग नभए जस्तो निको भयो । उहाँले उनलाई झण्डा दिनुभयो । अली रजियल्लाहु अन्हुले सोधे: हे अल्लाहको रसूल! के तिनीहरू हामी जस्तै (मुस्लिम) नभएसम्म तिनीहरूसँग लड्नुपर्छ? उहाँले भन्नुभयो: "बिस्तारै जानुहोस्, जब तिनीहरुको मैदानमा पुग्नुहुन्छ, उनीहरूलाई इस्लाम स्वीकार गर्न आमन्त्रित गर्नुहोस् र उनीहरूमाथि अल्लाहको अधिकारको बारेमा जानकारी दिनुहोस् । अल्लाहको कसम, यदि अल्लाहले तपाईंमार्फत एक जना मानिसलाई मार्गदर्शन गर्नुहुन्छ भने यो तपाईंको लागि रातो (बहुमूल्य) ऊँटहरू भन्दा राम्रो हो ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 4210]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमहरूले भोलि खैबरका यहूदीहरूमाथि विजय प्राप्त गर्ने छन् भनेर सहाबाहरूलाई जानकारी दिनुभयो । त्यो पनि एउटा यस्तो व्यक्तिको हातबाट जसलाई उहाँले झण्डा सुम्पिनु हुनेछ । सेनाले प्रयोग गर्ने प्रतीकलाई झण्डा भनिन्छ । यो मानिसको विशेषता भनेको उसले अल्लाह र उहाँका रसूललाई प्रेम गर्दछ र अल्लाह र उहाँका रसूलले उसलाई प्रेम गर्नुहुन्छ । यो महान सम्मानको आशा गर्दै सहाबाहरूले झण्डा कसलाई दिइनेछ भनेर छलफल र अड्कलबाजी गर्दै रात बिताए ? जब बिहान उनीहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ पुगे । यो सम्मान मैले नै पाउनेछु भनेर सबैले आशा गरेका थिए ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अली खोइ त भनेर सोध्नुभयो ?
भनियो : उनी बिरामी हुन्; उनको आँखा दुखिरहेको छ ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई बोलाउन मान्छे पठाउनुभयो र आएपछि उहाँले उनको आँखामा आफ्नो पवित्र लार (थुक) लगाई दिनुभयो र उनको लागि दुआ (प्रार्थना) गर्नुभयो । फलस्वरूप उनको आँखा कुनै रोग नभए जस्तो निको भयो । त्यसपछि उनलाई झण्डा दिएर शत्रुको किल्लामा नपुगेसम्म नम्रतापूर्वक अगाडि बढ्न र त्यहाँ पुगेपछि उनीहरूलाई इस्लाम स्वीकार गर्न आमन्त्रित गर्न र यदि उनीहरू इस्लाममा प्रवेश गर्छन् भने उनीहरूमाथि अल्लाहको अधिकारको बारेमा जानकारी दिन आदेश दिनुभयो ।
त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अली (रजियल्लाहु अन्हु) लाई अल्लाहको धर्म; इस्लामतर्फ आह्वान गर्नुको सद्गुण व्याख्या गर्नुभयो । यदि दाइयह (धर्म प्रचारक) को मार्गदर्शनले गर्दा एक जना व्यक्तिले पनि इस्लाम स्वीकार गर्छ भने यो उसको लागि रातो ऊँटहरू हुनुभन्दा राम्रो हो । अरबहरूको सबैभन्दा बहुमूल्य सम्पत्ति रातो ऊँट हो । अतः उ ऊँटहरूको मालिक बन्नेछ वा तिनीहरूलाई दानमा दिनेछ ।