+ -

عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«مَنْ كَذَبَ عَلَيَّ مُتَعَمِّدًا فَلْيَتَبَوَّأْ مَقْعَدَهُ مِنَ النَّارِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 110]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले जानाजानी मेरो नाममा झूट बोल्छ, उसले आफ्नो स्थान नरकमा सुनिश्चित गरोस्।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 110]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जुन व्यक्तिले जानाजानी उहाँमाथि झूटो कुरा लगाउँछ, उहाँको भनाइ वा कार्यलाई झूटो रूपमा सम्बन्धित गर्छ भने उसलाई यस झूटको बदलामा नर्कमा स्थान दिइनेछ ।

हदीसका केही फाइदाहरू

  1. अल्लाहका रसुल (सल्लल्लाहु अलैहि वसल्लम) को नाम लगाएर जानाजानी झूट बोल्नु नर्कमा प्रवेश गराउने कारण हुन्छ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) को नाम लगाएर झूट बोल्नु अरू मानिसहरूको नाममा झूट बोल्नु जस्तो होइन । किनकि उहाँको विरुद्धमा बोलेको झुटले धर्म (दीन) र संसारिक जीवन (दुनियाँ) दुवैलाई नष्ट गर्दछ।
  3. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट कुनै हदीस प्रामाणिक भएको पुष्टि नहुँदासम्म त्यसको प्रचार वा प्रसार गर्नु निषेधित छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप