عن أبي هريرة رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال:
«قَالَ اللهُ: أَنْفِقْ يَا ابْنَ آدَمَ أُنْفِقْ عَلَيْكَ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 5352]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अल्लाह भन्नुहुन्छ: हे आदमको सन्तान! खर्च गर, म तिमीमा खर्च गर्नेछु ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 5352]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गर्नुभएको छ, अल्लाहले भन्नुभयो: हे आदमका सन्तानहरू!अनिवार्य र स्वेच्छाले गर्नु पर्ने खर्चहरू गर। मैले तिम्रोलागि सजिलो बनाउनेछु र तिमीलाई यसको प्रतिफल दिनेछु, र यसमा तिमीलाई बरकत/ समृद्धि दिनेछु।"

हदीसका केही फाइदाहरू

  1. परोपकार, सद्का (दान) र अल्लाहको मार्गमा खर्च गर्न प्रोत्साहन ।
  2. राम्रा काममा खर्च गर्नु आफ्नो जीविकोपार्जनमा समृद्धिको ठूलो कारण हो र अल्लाहले सेवकलाई उसले खर्च गरेको प्रतिफल दिनुहुन्छ ।
  3. यो हदीसलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो पालनकर्बाताट बयान गर्नुभएको छ, जसलाई 'हदीस कुदसी' वा 'हदीस-ए-इलाही' भनिन्छ । यसको शब्द र अर्थ दुबै अल्लाहको हो । तर, कुरआनका विशेषताहरू यसमा पाइँदैन, जस्तै: यसको तिलावत गर्नु, यसको लागि तहारत (शरीरको पवित्रता) प्राप्त गर्नु, उपासना आदि ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (63)
थप