+ -

عن أبي هريرة رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال:
«قَالَ اللهُ: أَنْفِقْ يَا ابْنَ آدَمَ أُنْفِقْ عَلَيْكَ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 5352]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अल्लाह भन्नुहुन्छ: हे आदमको सन्तान! खर्च गर, म तिमीमा खर्च गर्नेछु ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 5352]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गर्नुभएको छ, अल्लाहले भन्नुभयो: हे आदमका सन्तानहरू!अनिवार्य र स्वेच्छाले गर्नु पर्ने खर्चहरू गर। मैले तिम्रोलागि सजिलो बनाउनेछु र तिमीलाई यसको प्रतिफल दिनेछु, र यसमा तिमीलाई बरकत/ समृद्धि दिनेछु।"

हदीसका केही फाइदाहरू

  1. परोपकार, सद्का (दान) र अल्लाहको मार्गमा खर्च गर्न प्रोत्साहन ।
  2. राम्रा काममा खर्च गर्नु आफ्नो जीविकोपार्जनमा समृद्धिको ठूलो कारण हो र अल्लाहले सेवकलाई उसले खर्च गरेको प्रतिफल दिनुहुन्छ ।
  3. यो हदीसलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो पालनकर्बाताट बयान गर्नुभएको छ, जसलाई 'हदीस कुदसी' वा 'हदीस-ए-इलाही' भनिन्छ । यसको शब्द र अर्थ दुबै अल्लाहको हो । तर, कुरआनका विशेषताहरू यसमा पाइँदैन, जस्तै: यसको तिलावत गर्नु, यसको लागि तहारत (शरीरको पवित्रता) प्राप्त गर्नु, उपासना आदि ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप