عَنْ أَبِي ذَرٍّ رضي الله عنه:
أَنَّ نَاسًا مِنْ أَصْحَابِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالُوا لِلنَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: يَا رَسُولَ اللهِ، ذَهَبَ أَهْلُ الدُّثُورِ بِالْأُجُورِ، يُصَلُّونَ كَمَا نُصَلِّي، وَيَصُومُونَ كَمَا نَصُومُ، وَيَتَصَدَّقُونَ بِفُضُولِ أَمْوَالِهِمْ، قَالَ: «أَوَلَيْسَ قَدْ جَعَلَ اللهُ لَكُمْ مَا تَصَّدَّقُونَ؟ إِنَّ بِكُلِّ تَسْبِيحَةٍ صَدَقَةً، وَكُلِّ تَكْبِيرَةٍ صَدَقَةً، وَكُلِّ تَحْمِيدَةٍ صَدَقَةً، وَكُلِّ تَهْلِيلَةٍ صَدَقَةً، وَأَمْرٌ بِالْمَعْرُوفِ صَدَقَةٌ، وَنَهْيٌ عَنْ مُنْكَرٍ صَدَقَةٌ، وَفِي بُضْعِ أَحَدِكُمْ صَدَقَةٌ»، قَالُوا: يَا رَسُولَ اللهِ، أَيَأتِي أَحَدُنَا شَهْوَتَهُ وَيَكُونُ لَهُ فِيهَا أَجْرٌ؟ قَالَ: «أَرَأَيْتُمْ لَوْ وَضَعَهَا فِي حَرَامٍ أَكَانَ عَلَيْهِ فِيهَا وِزْرٌ؟ فَكَذَلِكَ إِذَا وَضَعَهَا فِي الْحَلَالِ كَانَ لَهُ أَجْرٌ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 1006]
المزيــد ...
अबु जर रजियल्लाहु अन्हु द्वारा कथन गरिएको छ कि:
नबी ﷺ का केही सहाबाहरूले नबी ﷺ लाई भनेः
“हे अल्लाहका रसूल! धनी मानिसहरूले त पुण्यका सबै अवसरहरूमा अघि बढिसके। उनीहरूले पनि हामीले जस्तै नमाज पढ्छन्, हामीले जस्तै रोजा राख्छन्, तर उनीहरू आफ्ना अतिरिक्त सम्पत्तिबाट दान पनि गर्छन्।”
नबी ﷺ ले भन्नुभयोः
“के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिइनुभएको छैन र? हरेक ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, हरेक ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, हरेक ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, हरेक ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।”
सहाबाहरूले भनेः
“हे अल्लाहका दूत! हामीमध्ये कसैले आफ्नो इच्छा (कामवासना) पूरा गर्दा पनि उसलाई पुण्य मिल्छ र?”
नबी ﷺ ले भन्नुभयोः
“तिमीहरू के भन्छौ, यदि उसले त्यो इच्छा हराम (अवैध) तरिका बाट पूरा गरेको भए, के उसमाथि पाप हुँदैनथ्यो? ठीक त्यसैगरी जब उसले यसलाई हलाल (वैध) बाट पूरा गर्छ, उसलाई त्यसमा पुण्य मिल्छ।”
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 1006]
केही गरीब सहाबाहरूले अल्लाहका रसूल ﷺ समक्ष आफ्नो कठिनाइ, गरिबी र धनी भाइहरूझैँ सम्पत्ति दान गरेर ठूलो पुण्य र प्रतिफल हासिल गर्न नसकेको, साथै नेकी (पुण्य)का कामहरूमा उनीहरू सरह अगाडि बढ्न नसकेको गुनासो गर्दै यसरी भनेः “हामी नमाज पढ्छौँ भने उनीहरू पनि नमाज पढ्छन्, हामी रोजा राख्छौँ भने उनीहरू पनि रोजा राख्छन्। तर त्यससँगै उनीहरूले आफ्ना अतिरिक्त धनबाट दान–खैरात गरेर हामीभन्दा अघि बढ्छन्, तर हाम्रो हातमा दान गर्न केही पनि हुँदैन।” त्यसैले अल्लाहका रसूल ﷺ ले तिनीहरूलाई दान–खैरात गर्ने केही त्यस्ता उपायहरू बताइदिनुभयो, जुन उनीहरूले पनि गर्न सक्थे। उहाँले भन्नुभयो: के अल्लाहले तिमीहरूका लागि दान–खैरात गर्ने बाटाहरू खोलिदिनुभएको छैन र? ‘सुब्हानल्लाह’ को जप गर्नु तिमीहरूका लागि दान हो, ‘अल्लाहु अकबर’ भन्नु दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु दान हो, भलाइको हुकुम दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अँझ आफ्नो पत्नीसँग शारीरिक सम्बन्ध राख्नु पनि दान हो। सहाबाहरू यस कुरामा धेरै अचम्म मानेर भनेः “हे अल्लाहका रसूल! के हाम्रो वासना पूरा गर्नेमा समेत पुण्य र प्रतिफल मिल्छ र?” उहाँ ﷺ भन्नुभयो: “भन त, यदि कसैले आफ्नो वासना हराम स्थानमा पूरा गर्यो भने – जस्तै व्यभिचार आदिमा संलग्न भयो भने – के उसलाई पाप हुने छैन र? त्यसैगरी जब उसले आफ्नो वासना हलाल मार्गबाट पूरा गर्छ, तब उसलाई पुण्य र प्रतिफल अवश्य नै मिल्छ।”