हदीसहरूको सूची

एक व्यक्तिले पाप गर्यो र भन्यो: हे अल्लाह! मेरो पापलाई क्षमा गर्नुहोस्
عربي अंग्रेजी उर्दू
जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसको पापहरू माफ गरिन्छ, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।
عربي अंग्रेजी उर्दू
जसले ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १० चोटि पढ्छ
عربي अंग्रेजी उर्दू
जब मुअज्जिन (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ र (जवाफमा) तिमीहरूमध्ये कसैले (अल्लाहु अक्बर, अल्लाहु अक्बर)
عربي अंग्रेजी उर्दू
मैले तिमीहरूमाथि शंका गरेर कसम खुवाएको होइन, तर वास्तविकता यो हो कि म कहाँ जिब्रील (अलैहिस्सलाम) आउनुभयो र मलाई भन्नुभयो कि अल्लाहले फरिश्ताहरू (स्वर्गदूतहरू) को सामु (यसै सत्कर्मको कारणले) तपाईंहरूप्रति गर्व गरिरहनुभएको छन्।
عربي अंग्रेजी उर्दू
के म तिमीहरूलाई तिम्रो सबैभन्दा राम्रो कर्म, पालनकर्ताको नजरमा सबैभन्दा प्रशंसनीय, तिम्रो दर्जालाई उच्च पार्ने
عربي अंग्रेजी उर्दू
एकल उपासकहरूले अग्रता पाइसके।’
عربي अंग्रेजी उर्दू
मैले मेराजको रातमा हजरत इब्राहिम (अलैहिस्सलाम)लाई भेटेँ । सो उहाँले भन्नु भयो: हे मुहम्मद ! तपाईंले आफ्नो उम्मत (अनुयायीहरू) लाई मेरो सलाम भनि दिनु होला र तिनीहरूलाई भन्नु होला कि जन्नतमा राम्रो माटो र ताजा पानी छ
عربي अंग्रेजी उर्दू
कुनै समूह वा मानिसहरू यस्तो सभाबाट निस्किन्छन् जसमा तिनीहरूले अल्लाहलाई सम्झिएका हुँदैनन् भने तिनीहरू त्यो सभाबाट मरेको गधाको लाशजस्तो निस्किन्छन्, र यो उनीहरूका लागि पछुतोको कारण बन्छ।
عربي अंग्रेजी उर्दू
सदैव तिम्रो जिब्रो (मुख) अल्लाहको जिक्र (जपन/ ध्यान) मा लागेको होस् ।
عربي अंग्रेजी उर्दू
जब तपाइँले मुअज्जिनले अजान दिइरहेको सुन्नुहुन्छ, उसले भने जस्तै शब्दहरू भन्नुहोस् । त्यसपछि ममाथि दरूद पठाउनुहोस्
عربي अंग्रेजी उर्दू
यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर
عربي अंग्रेजी उर्दू
“के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिनुभएको छैन र? ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।”
عربي अंग्रेजी उर्दू
हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैं पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।
عربي अंग्रेजी उर्दू