عَنْ أَبِي سَعِيدٍ الْخُدْرِيِّ قَالَ: خَرَجَ مُعَاوِيَةُ عَلَى حَلْقَةٍ فِي الْمَسْجِدِ، فَقَالَ: مَا أَجْلَسَكُمْ؟ قَالُوا: جَلَسْنَا نَذْكُرُ اللهَ، قَالَ آللَّهِ مَا أَجْلَسَكُمْ إِلَّا ذَاكَ؟ قَالُوا: وَاللهِ مَا أَجْلَسَنَا إِلَّا ذَاكَ، قَالَ: أَمَا إِنِّي لَمْ أَسْتَحْلِفْكُمْ تُهْمَةً لَكُمْ، وَمَا كَانَ أَحَدٌ بِمَنْزِلَتِي مِنْ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَقَلَّ عَنْهُ حَدِيثًا مِنِّي:
وَإِنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ خَرَجَ عَلَى حَلْقَةٍ مِنْ أَصْحَابِهِ، فَقَالَ: «مَا أَجْلَسَكُمْ؟» قَالُوا: جَلَسْنَا نَذْكُرُ اللهَ وَنَحْمَدُهُ عَلَى مَا هَدَانَا لِلْإِسْلَامِ، وَمَنَّ بِهِ عَلَيْنَا، قَالَ: «آللَّهِ مَا أَجْلَسَكُمْ إِلَّا ذَاكَ؟» قَالُوا: وَاللهِ مَا أَجْلَسَنَا إِلَّا ذَاكَ، قَالَ: «أَمَا إِنِّي لَمْ أَسْتَحْلِفْكُمْ تُهْمَةً لَكُمْ، وَلَكِنَّهُ أَتَانِي جِبْرِيلُ فَأَخْبَرَنِي أَنَّ اللهَ عَزَّ وَجَلَّ يُبَاهِي بِكُمُ الْمَلَائِكَةَ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2701]
المزيــد ...
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गर्नुभएको छ कि मुआविया (रजियल्लाहु अन्हु) मस्जिदमा मानिसहरूको एक समूहकहाँ आउनुभयो र सोध्नुभयो: "तपाईंहरू यहाँ किन बसिरहनुभएको छ?"
उनीहरूले भने: "हामी अल्लाहको स्मरण (जिक्र) गर्न बसेका छौं।"
मुआविया (रजियल्लाहु अन्हु) ले भन्नुभयो: "मलाई कसम खाएर भन्नुहोस्, के तपाईंहरू केवल जिक्रको लागि नै बसिरहनुभएको छ?"
मानिसहरूले भने: "अल्लाहको कसम, हामी यहाँ अल्लाहको स्मरणकै लागि बसेका छौं।" मुआविया (रजियल्लाहु अन्हु) ले भन्नुभयो: "मैले तपाईंहरू माथि अविश्वास गरेर वा शंका गरेर कसम खान लगाएको होइन। नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग मेरो निकटता भए तापनि, उहाँबाट मभन्दा कम हदीसहरू वर्णन गर्ने अरू कोही छैन होला:
नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना सहाबाहरू (साथीहरू) को समूहमा आउनुभयो र सोध्नुभयो: "तिमीहरू यहाँ किन बसिरहेका छौ?" सहाबाहरूले जवाफ दिए: "हामी यहाँ अल्लाहको स्मरण गर्न र उहाँको प्रशंसा गर्न बसेका हौँ, जसले हामीलाई इस्लामको मार्गदर्शन दिनुभयो र हामीलाई इस्लाम (जस्तो धर्म) प्रदान गर्नुभयो।" उहाँले भन्नुभयो: "कसम खाएर भन, के तिमीहरू साँच्चै यही उद्देश्यका लागि बसिरहेका छौ?" उनीहरूले भने: "अल्लाहको कसम, हामी यही उद्देश्यका लागि बसेका हौँ।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मैले तिमीहरूमाथि शंका गरेर कसम खुवाएको होइन, तर वास्तविकता यो हो कि म कहाँ जिब्रील (अलैहिस्सलाम) आउनुभयो र मलाई भन्नुभयो कि अल्लाहले फरिश्ताहरू (स्वर्गदूतहरू) को सामु (यसै सत्कर्मको कारणले) तपाईंहरूप्रति गर्व गरिरहनुभएको छन्।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2701]
मुआविया बिन अबी सुफयान (रजियल्लाहु अन्हुमा) मस्जिदमा एउटा हल्का (समूह) तिर आउनुभयो र तिनीहरूसँग सोध्नुभयोः तिमीहरू कुन कुराको लागि भेला भएका छौ ? तिनीहरूले भने: हामी अल्लाहलाई याद (जिक्र) गर्न बसेका छौं । उनले यो सुनेर तिनीहरू अल्लाहलाई याद (जिक्र) गर्न बसिरहेका छन् भन्ने कुराको लागि कसम खान लगाए । र तिनीहरूले त्यसकुरा प्रति कसम खाए । त्यसपछि मुआविया (रजियल्लाहु अन्हु) ले भन्नुभयो, "मैले तपाईंहरूको सत्यतामाथि शंका गरेर वा तपाईंहरूलाई झुटो ठानेर कसम खान भनेको होइन।" साथै, उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग उहाँको जस्तो घनिष्ठता र पद अरू कसैको नभएको बताउनुभयो; किनभने उहाँकी बहिनी उम्मे हबीबा (रजियल्लाहु अन्हा) नबी (सल्लल्लाहु अलैहि वसल्लम) की पत्नी हुनुहुन्थ्यो र उहाँ स्वयं 'वही' (ईश्वरीय प्रकाश) का लेखकहरूमध्ये एक हुनुहुन्थ्यो। यति हुँदाहुँदै पनि, उहाँले धेरै कम हदीसहरू वर्णन गर्नुभएको छ। त्यसपछि मुआविया (रजियल्लाहु अन्हु) ले उनीहरूलाई बताउनुभयो कि "एक दिन नबी (सल्लल्लाहु अलैहि वसल्लम) घरबाट बाहिर निस्कनुभयो र उहाँहरूलाई (सहाबीहरूलाई) मस्जिदमा बसेर अल्लाहको स्मरण गरिरहेको र इस्लामको मार्गदर्शन प्रदान गर्नुभएकोमा अल्लाहको प्रशंसा गरिरहेको अवस्थामा भेट्टाउनुभयो। तब उहाँले आफ्ना सहाबीहरूलाई पनि त्यसरी नै सोध्नुभयो र कसम लिनुभयो, जसरी मुआविया (रजियल्लाहु अन्हु) ले सोध्नुभएको र कसम लिनुभएको थियो। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबीहरूसँग गर्नुभएको प्रश्न र कसम खान लगाउनुको कारण खुलाउँदै भन्नुभयो: जिब्रील (अलैहिस्सलाम) मकहाँ आएर भन्नुभयो: अल्लाहले स्वर्गदूतहरूको अगाडि ती सहाबीहरूको उत्कृष्टता बताउँदै र उनीहरूका असल कार्यहरू देखाउँदै उनीहरूप्रति गर्व गरिरहनुभएको छ।